
- गायक विशाल रायमाझीले आफ्नो नयाँ तीज गीत नक्कले भिनाजु ९ सार्वजनिक गरेका छन्।
- यस गीतमा विशाल, हरिमाया र शर्मिला रायमाझीको स्वर तथा मौलिक र हास्यव्यङ्ग्य मिश्रित शब्द समेटिएका छन्।
- म्युजिक भिडियोमा सुरबीर पण्डित र विशाल रायमाझी लगायतको अभिनय रहेको छ भने गीत युट्युबमार्फत सार्वजनिक भएको छ।
गोकर्ण पाण्डे,गुल्मी।गायक विशाल रायमाझीले आफ्नो नयाँ तीज गीत “नक्कले भिनाजु ९”(सक्किदैन बोलेर बोलि) सार्वजनिक गरेका छन्, जसले बजारमा निकै उत्साहजनक चर्चा पाउन थालेको छ।

नेपाली लोकदोहोरी क्षेत्रमा मौलिकता, हास्यव्यङ्ग्य र जनजीवनको कथा बोकेर गीत गाउने परम्परालाई निरन्तरता दिइरहेका गायक रायमाझीको यो गीत पनि सामाजिक सन्देशसहित मनोरञ्जनले भरिएको छ। “नक्कले भिनाजु” शृङ्खलाको यो ९” भाग हो, जसले अघिल्ला भागहरूजस्तै दर्शक–श्रोतालाई हँसाउने र नचाउने दुबै काम गर्न सफल हुने अपेक्षा गरिएको छ।
गीतमा विशाल रायमाझी, हरिमाया रायमाझी, र शर्मिला रायमाझीको सशक्त स्वर सुन्न सकिन्छ। शब्द र लय स्वयं विशाल रायमाझीले तयार गरेका हुन् भने गितको एरेन्ज कृष्ण केसी ले गरेका छन्।
तीजको अवसरमा हामीले सधैं मौलिकता बोकेको गीत ल्याउने प्रयास गर्छौं। फ्यानहरुको साथ र मायाले नै वर्षेनि यस्तो गीत बनाउने हिम्मत मिल्ने तिनै गीतका गायक बिशाल रायमाझी ले नेपाल खोज खबर लाइ बताउनु भयो।
गीत म्युजिक भिडियोमा सुरबीर पण्डित (दारी बा,बिशाल रायमाझी,एलिना रायमाझी अभिनय रहेको देख्न सकिन्छ।
बिशाल रायमाझीको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ।
भिडियो सहित:
