आज मिति २०८३ असोज ९गते शुक्रबार आजको राशिफल

🌼🌻🙏🙏

Workplace

मेष : धार्मिक र आध्यात्मिक विषयमा आकर्षण बढेको अनुभूति हुनेछ । मन गम्भीर विषयहरूतर्फ आकर्षित भएको पाइनेछ । ध्यान वा एकान्तले तपाईंलाई आज मानसिक सन्तुलन दिनेछ ।

वृष : पुराना योजना परिमार्जन गरी नयाँ दृष्टिकोण अपनाउने सोच आउनेछ । आत्मविश्लेषण र गम्भीर संवादका लागि अनुकूल समय छ । एकान्तमा बिताएको समय फलदायी हुनेछ ।

मिथुन : विचारमा गहिराइ आउँनेछ र तपाईं गूढ विषयतर्फ आकर्षित हुनुहुनेछ । आत्मिक उन्नति र वैचारिक शुद्धिको चाहना जाग्ने देखिन्छ । योग र ध्यानमा केन्द्रित भई दिन बिताउनु होला ।

कर्कट : मित्र वा सहकर्मीहरूसँग गम्भीर विषयमा विचारविमर्श हुने सम्भावना छ । मनमा अलिक द्विविधा देखिए पनि अन्ततः निर्णय लिइनेछ । आत्मिक सन्तुलनलाई प्राथमिकता दिनुहोला ।

सिंह : पेसागत कार्यमा स्थायित्व ल्याउने प्रयत्न देखिनेछ । निर्णय लिने क्षमतामा परिपक्वता देखा पर्नेछ । अनुशासन र जिम्मेवारीको बोधले तपाईंको दिन सन्तुलित बन्नेछ ।

कन्या : आध्यात्मिक तथा गूढ शिक्षामा रुचि बढ्नेछ । वैचारिक दृष्टिकोणमा परिपक्वता आएको अनुभव हुनेछ । ध्यान र अध्ययनमा केन्द्रित भएमा आत्मसन्तुष्टि प्राप्त हुनेछ ।

तुला : धन वा अन्य उत्तरदायित्वप्रति चनाखो हुनुपर्ने समय हो । ऋण, कर वा साझा सम्पत्तिसम्बन्धी निर्णय लिँदा सावधान रहनुहोला । बोल्नुभन्दा मौनतामै समाधान भेटिनेछ ।

वृश्चिक : साझेदारी र वैवाहिक सम्बन्धमा गहिरो सोच आवश्यक देखिन्छ । सम्बन्धलाई नयाँ दृष्टिकोणले मूल्यांकन गर्ने दिन हो । सहकार्यमा समर्पित हुँदा सन्तोष मिल्नेछ ।

धनु : स्वास्थ्य र मानसिक सन्तुलनमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ । योग वा ध्यानमार्फत मनलाई एकाग्र राख्नुहोला । कार्यक्षेत्रमा गम्भीरता अपनाउनु पर्नेछ ।

मकर : सन्तान वा सिर्जनशीलतासँग सम्बन्धित काममा सरिक भइनेछ । प्रेम जीवनमा खट्पट देखा पर्नेछ । अनावश्यक यात्रा र फजुल खर्चको सम्भावना छ ।

कुम्भ : घरपरिवार र परम्परागत मूल्यप्रति सम्मानको भावना जागृत हुनेछ । परिवारको स्वास्थ्य र शान्तिमाथि ध्यान दिनुपर्ने छ । शरीरमा स्फुर्ति र उमंग आउनेछ ।

मीन : लेखन, अभिव्यक्ति वा अध्ययनमा आजको दिन विशेष रहनेछ । व्यवहारमा सकारात्मक रूपान्तरण हुनेछ । वाणी र लेखनीको विशेष प्रभाव देखिनेछ ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?