icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

हमासको बन्धक सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम, आज वा भोलि रिहा हुने आशा

काठमाडौं । हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना अझै जीवित रहेको विश्वास गरिएको छ, जसमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि समावेश भएको नयाँ सूची सार्वजनिक भएको छ।

Workplace

अमेरिकी पत्रिका वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित बन्धकहरूको सूचीमा विपिनको नाम देखिएको हो। यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० जना मात्र जीवित रहेको उल्लेख गरिएको थियो र नेपाली विद्यार्थी विपिन जोशीको अवस्था “अज्ञात” भनिएको थियो।

गाजामा युद्धविराम सम्झौता भइसकेको छ भने बन्धकहरू आज (आइतबार) वा भोलिसम्म रिहा हुने सम्भावना रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा विपिन जोशी अपहरणमा परेका थिए। हाल बन्धक रिहा हुने खबरसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भाँसीका महानन्द जोशीको परिवारमा विपिन फर्किने आशा पुनः जागेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?