चितवन निकुञ्जको चर्चित ‘सेलिब्रेटी’ रोनाल्डो हात्ती मृ`त भेटियो

समाचार सारांश
Auto Generated by AI
  • चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती रोनाल्डो मृत अवस्थामा फेला परेको छ।
  • निकुञ्ज प्रशासनले हात्तीको मृत्युको कारण पत्ता लगाउन स्थलगत अनुसन्धान सुरु गरेको छ।
  • प्रजनन केन्द्रका अधिकांश छावाको पिता रहेको ५३ वर्षीय रोनाल्डो पर्यटकमाझ निकै लोकप्रिय थियो।

राजेन्द्र आचार्य चितवन : चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृ`त अवस्थामा भेटिएको छ। रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत भेटिएको हो।

Workplace

रोनाल्डोको मृत्युको कारण भने खुलिसकेको छैन। घटनाबारे चितवन राष्ट्रिय निकुञ्जको टोलीले स्थलगत अनुसन्धान गरिरहेको छ।

मृत्युको कारण अनुसन्धानपछि मात्रै यकिन हुने निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
सौराहा–खोरसोर क्षेत्रको ‘सेलिब्रेटी’का रूपमा परिचित रोनाल्डोले खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा लामो समयदेखि प्रभाव जमाएको थियो। केन्द्रमा जन्मिएका धेरै छावाको पिता रोनाल्डो नै रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले बताए ।


२०८३ असारसम्म केन्द्रमा जन्मिएका ६९ छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान रहेको विवरण छ। यसका कारण रोनाल्डो खोरसोरको हात्ती प्रजनन केन्द्रसँग समेत विशेष रूपमा जोडिएको थियो।

फूर्तिलो चाल, विशाल शरीर र अन्य भाले हात्तीलाई चुनौती दिने स्वभावका कारण रोनाल्डो पर्यटक तथा स्थानीयबीच निकै लोकप्रिय थियो। फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नामबाट उसको नाम राखिएको ईतिहास छ
करिब ५३ वर्ष उमेरको अनुमान गरिएको रोनाल्डोको शरीरमा अन्य हात्तीसँगको संघर्षका चिन्हसमेत थिए।

 

उसको पुच्छरसमेत संघर्षकै क्रममा गुमेको थियो ।
रोनाल्डोको मृत्युसँगै सौराहा–खोरसोर क्षेत्रको चर्चित जंगली भाले हात्तीको एउटा परिचित कथा समाप्त भएको छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?