दशैँ-तिहारअघि सडक सञ्चालनयोग्य बनाई नागरिकको सुरक्षित आवतजावत सुनिश्चित गर्नु पर्ने माग

समाचार सारांश
Auto Generated by AI
  • सांसद आशिका तामाङले दशैँ-तिहारअघि अवरुद्ध सडक मर्मत गरी सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकारसँग माग गरिन्।
  • पृथ्वी राजमार्गमा पहिरो र सडक भासिँदा उत्पन्न समस्या तत्काल समाधान गर्न उनले सरकारको ध्यानाकर्षण गराइन्।
  • वर्षाका कारण पीडित बनेका नागरिकको क्षति मूल्यांकन गर्दै राहत र पुनर्स्थापनाको व्यवस्था गर्न उनले जोड दिइन्।

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले दशैँ-तिहारअघि सडक सञ्चालनयोग्य बनाई नागरिकको सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

Workplace

सोमबार संसदमा बोल्दै उनले पछिल्लो तीन-चार दिनदेखि भइरहेको अविरल वर्षाका कारण धादिङ क्षेत्र नम्बर १ अन्तर्गत पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो जाने र सडक भासिने क्रम जारी रहेकाले यातायात सञ्चालनमा अवरोध पुगेको बताइन्।

‘नेपालीहरूको महान् चाड दशैँ-तिहार नजिकिँदै गर्दा सर्वप्रथम सडक नै सञ्चालनयोग्य बनाई नागरिकको सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भनिन्।

सांसद तामाङले पृथ्वी राजमार्गको नदी किनारमा बसोवास गर्ने नागरिकका घर, जग्गा र निजी सम्पत्तिमा भएको क्षतिको तत्काल मूल्यांकन गरी वास्तविक पीडितलाई राहत, पुनर्स्थापना र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिन्।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?