icon
निर्वाचन
२ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

विष्णु माझीको नयाँ गीत, मौलिक शैलीमै दर्शकमाझ आउँदै

दिनेश खत्री काठमाडौं । चर्चित लोकगायिका विष्णु माझीले यो तीजमा नयाँ गीत ल्याउने पक्का भएको छ। केही दिनअघि मात्र उनको नयाँ गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको हो।

Workplace

गीतका कोरियोग्राफर मौसम हिमालीका अनुसार, यसपटक पनि माझीको गीत मौलिक र टिपिकल शैलीमै बनेको छ, जसमा दर्शकले उनको चिरपरिचित स्वर र भावनासँग पुनः आत्मीयता महसुस गर्नेछन्। ६० जना कोरस डान्सरसहित तयार गरिएको भिडियो अहिले सम्पादनको अन्तिम चरणमा छ। ‘अबको दुई–तीन दिनमै गीत रिलिज हुन सक्छ,’ हिमालीले बताए।

गत वर्षको तीजमा आएको गीतकै मोडल ललिता पौडेल यसपटक पनि भिडियोमा देखिने छिन्। नयाँ गीतमा शब्द र संगीत माझीका श्रीमान् सुन्दरमणी अधिकारीकै रहेको छ। हिमालीका अनुसार, यो गीत पूर्ण रूपमा टिपिकल शैलीमा तयार गरिएको छ।

हरेक तीजमा विष्णु माझीको गीत सुन्न दर्शक आतुर हुन्छन्। कतिपय प्रशंसक त ‘विष्णु माझीको गीत नआए तीज आएको जस्तो नै लाग्दैन’ भन्दै टिप्पणी गर्छन्। अघिल्लो तीजमा उनले ल्याएको ‘आइन आमा यो तीजमा’ बोलको गीतलाई युट्युबमा २ करोड ४० लाख भन्दा बढी पटक हेरिएको थियो।

विष्णु माझीको जीवन र यात्राः तनहुँमा जन्मेकी विष्णु माझीले सानै उमेरमा गीतसंगीतमा रुचि देखाइन्। उनी करिब १६ वर्षको उमेरमा नै चर्चामा आइन् र लोकगीतमा आफ्नो छुट्टै पहिचान बनाइन्। मौलिक शैली, मधुर स्वर र भावनात्मक अभिव्यक्तिले उनलाई देशभर लोकप्रिय बनायो।

पछिल्ला वर्षमा माझी मिडियाबाट टाढा रहँदै आएका कारण उनको व्यक्तिगत जीवनबारे धेरै चर्चा भए पनि उनले आफ्नो गायन यात्रा निरन्तर अघि बढाइरहेकी छन्। श्रीमान् सुन्दरमणी अधिकारीसँग विवाहपछि पनि उनी निरन्तर मौलिक लोकगीत र तीजका गीतमार्फत दर्शकको मन जितिरहेकी छन्।

यी सबै  गुणका कारण, तीज मात्र नभई वर्षभरि नै उनका गीत गाउँघरदेखि सहरसम्म गुञ्जिन रहन्छन्। यसपालिको तीजमा पनि दर्शक र श्रोता माझीको नयाँ सिर्जनाको प्रतीक्षामा छन्।उनी मिडियामा र सार्वजनिक नहुदा भने आम दर्शकले उनलाई सार्वजनिक भएको देखना चाहान्छ्न धेरैको इच्छा छ उनी सार्वजनिक हुनु प्रछ भने तर त्यो माझिको आफ्नो मानवअधिकार भित्र र उनी स्वतन्त्रता भित्र प्रछ त्यो हामिले पर्खनु पर्ने हुन्छ उनी सार्वजनिक हुन्छिन या हुदैनिन ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?