तीज मनाउन माइती हिँडेकी जीताको दुपट्टाले लग्यो ज्यान

समाचार सारांश
Auto Generated by AI
  • सल्यानमा मोटरसाइकलको चक्कामा दुपट्टा बेरिएर ३५ वर्षीया जीता केसीको मृत्यु भएको छ।
  • माइतीघर जाँदै गर्दा तीव्र गतिका कारण दुपट्टा चक्कामा अल्झिएर उनी सडकमा खसेकी थिइन्।
  • घाँटीमा दुपट्टा कसेका कारण घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ।

सल्यान।सल्यानमा मोटरसाइकलको पछाडिको चक्कामा दुपट्टा बेरिँदा दाङकी ३५ वर्षीया जीता केसीको मृ त्यु भएको छ।

Workplace

तीज मनाउन माइतीघर जाने क्रममा शनिबार दिउँसो त्रिवेणी गाउँपालिका–३ टाट्केमा दुर्घटना भएको हो।प्रहरीका अनुसार केसी रा ४ प २४३ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन्। भित्री कच्ची सडकको ओरालोमा मोटरसाइकल तीव्र गतिमा गुडिरहेका बेला उनले लगाएको सलवार सुटको दुपट्टा पछाडिको चक्कामा बेरिएको थियो।

दुपट्टा चक्कामा अल्झिएपछि मोटरसाइकलको गतिले केसीलाई तानेर सडकमा खसाएको थियो। चालकले तत्काल अवस्था थाहा नपाउँदा केहीबेरसम्म उनलाई मोटरसाइकलले सडकमा लतारेको प्रहरीले जनाएको छ।

मोटरसाइकल रोकेर हेर्दा केसीको घाँटीमा दुपट्टा कसिएको अवस्थामा भेटिएको थियो। दुपट्टा काटेर निकालिए पनि उनको घटनास्थलमै मृ त्यु भइसकेको प्रहरीले जनाएको छ।

मोटरसाइकल केसीकी भदै कृष्ण केसीले चलाएका थिए। कृष्णले दाङस्थित घरबाट फुपू जीतालाई तीजका लागि माइतीघर लैजाँदै गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले कपडा तथा दुपट्टा मोटरसाइकलको चक्कामा बेरिन सक्ने भएकाले यात्राका क्रममा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?