श्री सैनामैना पर्रोहा परमेश्वर नमूना विद्यालयमा संघीय नमूना संसद सम्पन्न ( तस्बिर सहित )

रुपन्देही – सैनामैना नगरपालिका, रानिबगियास्थित श्री सैनामैना पर्रोहा परमेश्वर नमूना विद्यालयमा तीन दिवसीय संघीय नमूना संसद कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको आयोजनामा र निर्वाण कानूनी समाजको सहकार्यमा आयोजित उक्त कार्यक्रम माघ २०, २१ र २३ गते विद्यालयको सभा हलमा सम्पन्न भएको हो। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई नेपालको संघीय संसदीय अभ्यासबारे व्यावहारिक ज्ञान प्रदान गर्नु रहेको थियो, जसमा निर्वाण कानूनी समाजका सदस्यहरूले प्रशिक्षण दिएका थिए।

Workplace

नमूना संसद कार्यक्रममा विद्यार्थीहरूले संसदीय प्रक्रियाको वास्तविक झल्को दिने गरी सभामुख, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष, मर्यादापालक र संसद सचिवालयका कर्मचारीको भूमिका निर्वाह गरेका थिए। संसद प्रारम्भ भएपछि शून्य समय तथा विशेष समयमा सांसदहरूले भ्रष्टाचार, बेथिति तथा अन्य सामाजिक समस्याहरूमा सरकारको ध्यानाकर्षण गराएका थिए। त्यस्तै, हाल चर्चामा रहेको सामाजिक सञ्जाल विधेयक, वार्षिक नीति तथा कार्यक्रम तथा बजेटसम्बन्धी विषयमा पनि  बहस गरिएको थियो।

कार्यक्रम समापन समारोहमा प्रमुख अतिथि सैनामैना नगरपालिका उपप्रमुख विना रानाले नमूना संसद कार्यक्रमको आवश्यकतामाथि प्रकाश पार्दै यसले योग्य जनप्रतिनिधिहरू उत्पादन गर्न मद्दत गर्ने धारणा राखनु भएको थियो । उनले वास्तविक संसदमा देखिएका कमजोरी सच्याउँदै युवाहरूलाई यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह समेत गरिन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल अर्यालको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीको विशिष्ट आतिथ्यता तथा शिक्षिका लता खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

निर्वाण कानूनी समाजका अध्यक्ष विजय सुनारका अनुसार नमूना संसद अभ्यासमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। उत्कृष्ट प्रस्तुति सन्शिला अर्याल, उत्कृष्ट वक्ता विजय रसाइली तथा उत्कृष्ट अनुसन्धानकर्ता अनिल चौधरी घोषित भएका थिए । करिब २०० जना कक्षा ११ र १२ का विद्यार्थीहरू तथा  शिक्षकहरूको सक्रिय सहभागितामा उक्त कार्यक्रम  सम्पन्न भएको थियो ।

तस्बिर सहित

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?