रसुवा बाढी अपडेट: एक हजार ३८५ जनाको शव फेला

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशी बाढीमा परी हालसम्म १ हजार ३८५ जनाको शव फेला परेको छ भने ५ हजार १३० जना अझै बेपत्ता छन्।
  • उद्धार गरिएका १३ हजार ६७६ जनालाई ३७ वटा विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।
  • प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि २१ हजार २२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

काठमाडौं।भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेला परेको छ। यस्तै, पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन्।

Workplace

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार शुक्रबार बिहान ११ बजेसम्म चितवनबाट ३६४, नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव फेला परेको हो। जसमध्ये हालसम्म १०४ वटा शवको सनाखत भएका छन्।

यस्तै, बाढीपछि हालसम्म १३ हजार ६७६ जनाको उद्धार गरिएको छ। यस्तै, उद्धार गरिएकाहरूलाई ३७ वटा होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा नुवाकोटमा दुई हजार ६१५, रसुवामा ७७५ र धादिङमा २९५ जना रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारको लागि २१ हजार २२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।  जसमा नेपाली सेना ८ हजार ८४४, नेपाल प्रहरी ७ हजार ९७५ र सशस्त्र प्रहरी बल ४ हजार २०३ संलग्न छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?