जुम्लामा स्याउको बिरुवामा किरा लाग्न थाल्यो

जुम्ला – जुम्लामा स्याउको बिरुवामा किरा लाग्न थालेको छ । तिला गाउँपालिका–४ नुवाकोटसहितका अग्लो क्षेत्रमा किसानका स्याउबारीमा बिरुवामा किरा लागेको छ ।

Workplace

आफ्नो बगैँचामा अत्यधिक मात्रामा किरा लागेर हैरान बनाएको स्थानीय किसान निराजन गौतमले जानकारी दिनुभयो । उहाँले फल्ने र नफल्ने गरेर २५० स्याउका बिरुवा लगाएकामा किराले स्याउ बिरुवाको रुखमा जाली लगाएर बिरुवा नष्ट गरिरहेका जानकारी दिनु भयो।

जिल्ला कृषि विकास कार्यालयले किरा लागेको क्षेत्रमा अनुगमन गरेर कसरी समस्या समाधान गर्ने भनेर अगाडि बढ्ने बताएको छ ।

कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार कार्यालयमा प्राप्त जानकारी अनुसार किराको अध्ययन गर्न टोली जानुपर्ने अवस्था रहेकाले किसानसँग सहकार्य गरेर अवलोकनमा जाने तयारी भइरहेको छ ।

कृषि विकास कार्यालय जुम्लाका प्राविधिक लक्षिराम महतका अनुसार यो किरालाई पाल तड्ने किरा भनिन्छ । यो किराले स्याउको टुप्पोमा पाल तड्ने, रुखमै जालो बनाएर अण्डा पारेर किरा उत्पादन गर्ने र स्याउको पात तथा बिरुवा सखाप पार्ने गर्दछ । तिला–४ नुवाकोटमा रहेको महादेवमा रहेको बगैँचासँगै अन्य ठाउँमा पनि यस्तो समस्या देखिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?