प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्री लक्सनबीच टेलिफोन वार्ता भएको छ।
  • बाढीमा बेपत्ता न्युजील्याण्डका नागरिकको खोजी कार्यलाई उच्च प्राथमिकता दिएको शाहले बताए।
  • न्युजील्याण्डले प्रदान गरेको २० लाख डलर सहायताप्रति शाहले आभार प्रकट गरे।

काठमाडौ।प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ ।

Workplace

प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ जारी राखिएको बताए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर बराबरको मानवीय सहायताका निम्ति प्रधानमन्त्री लक्सनप्रति कृतज्ञता व्यक्त गरे ।

प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री लक्सनले नेपालले भोग्नुपरेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्युजील्याण्ड सरकार तथा जनताका तर्फबाट समवेदना र ऐक्यबद्धता प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?