जेन जी आन्दोलनको क्रममा कारागारको ढोका तोडेर भागेका एक कैदी पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • रुकुम पश्चिमको कारागार तोडेर फरार भएका कैदी दुर्गालाल परियार पक्राउ परेका छन्।
  • जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय पाएका उनी भदौ महिनामा भागेका थिए।
  • प्रहरीले उनलाई हिजो राति आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो।

काठमाडौं।जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम भाग) ले कारागारको ढोका तोडेर भागिएका एक कैदीलाई पक्राउ गरेको छ।

Workplace

जबरजस्ती करणी मुद्दामा रुकुम जिल्ला अदालतले १२ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति सजाय तोकिएका बाँफिकोट गाउँपालिका वडा नं २ जिपु निवासी २६ वर्षीय दुर्गालाल परियार (दुर्गालाल दमाई) लाई प्रहरीले पक्राउ गरेको हो।

उनी गत भदौमा भएको जेन जी आन्दोलनको क्रममा रुकुम (पश्चिम भाग) कारागार कार्यालयको गेट तोडी फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे आफ्नै घरखेतमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?