पूर्वपतिको हातबाट महिलाको हत्या : दुई साना बालबालिका बिचल्ली

प्युठान, असार ३१ – प्युठानको सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मनी बरालको आफ्नै पूर्वपति लिलबहादुर बरालद्वारा चक्कु प्रहार गरी हत्या गरिएको छ। लिलबहादुर ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय हुन्।

Workplace

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालका अनुसार घटना आज बिहान १० बजेतिर भएको हो। प्रहरीले लिलबहादुरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ।

प्रहरीमा दिएको बयान अनुसार लिलबहादुर हालै मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए। उनी इजरायलमा श्रमिकको रूपमा कार्यरत थिए र असार २४ गते नेपाल फर्किएका थिए। विदेशमा रहँदा श्रीमतीले परपुरुषसँग विवाह गरेको थाहा पाएपछि उनले पटक–पटक रुक्मनीलाई पुनः घर फर्कन आग्रह गरेका थिए। तर रुक्मनीले अस्वीकार गरेपछि आक्रोशमा आएर उनले हत्या गरेको प्रहरी सामु स्वीकार गरेका छ्न ।

प्रहरी अनुसन्धान अनुसार रुक्मनीले वैदेशिक रोजगारीमा रहेका बेला लिलबहादुरसँग सम्बन्धविच्छेद गरी गत वैशाखमा दीपक परियारसँग दोस्रो विवाह गरेकी थिइन्। उनका नयाँ पति दीपक करिब १५ दिनअघि कामको सिलसिलामा संखुवासभा गएका थिए। त्यसपछि रुक्मनी आफ्नी जेठानी डिला परियारको घरमा बस्दै आएकी थिइन्।

डिला परियारका अनुसार लिलबहादुरले आज बिहान रुक्मनीलाई फोन गरी भेट्न बोलाए र घरभित्र पुग्नेबित्तिकै चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

रुक्मनी र लिलबहादुरको वैवाहिक सम्बन्धबाट ६ वर्षको छोरा र साढे तीन वर्षकी छोरी छन्। आमाको हत्या र बाबु प्रहरी हिरासतमा परेपछि दुवै बालबालिका बिचल्लीमा परेका छन्। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?