कर्णाली प्रदेश, लुम्बिनी, र गण्डकी प्रदेशका भूभागमा हल्का वर्षा यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • कर्णाली, लुम्बिनी र गण्डकीका तराईमा अहिले हल्का वर्षा भइरहेको छ।
  • आज देशका विभिन्न पहाडी र हिमाली क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ।
  • बाढी र पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

काठमाडौ – अहिले कर्णाली प्रदेशलगायत लुम्बिनी र गण्डकी प्रदेशका तराई भूभागमा हल्का वर्षा भइरहेको छ ।

Workplace

मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकमा ६५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

- Advertisement -Workplace

गएराति रसुवा, पर्वत, स्याङ्जा, कास्की, दोलखा, सङ्खुवासभा र सोलुखुम्बुमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ । सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका तराई भूभागमा तुलनात्मक रूपमा कम वर्षा भएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका प्रवन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?