झापा घटनामा ५१ युट्युब च्यानलमाथि निगरानी, १५ वटा साइबर ब्युरोमा पठाइयो

काठमाडौ – प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित बनाउने ५१ वटा युट्युब च्यानलमाथि निगरानी राखेको छ। ‘अमला काण्ड’ भनेर चर्चित सो घटनासम्बन्धी सनसनीपूर्ण सामग्री सम्प्रेषण गर्ने, पीडितका भिडियो/तस्बिर सार्वजनिक गर्ने तथा समाजमा घृणा, द्वेष, उत्तेजना वा अफवाह फैलाउने सामग्री प्रशारण गर्ने च्यानलहरू कारबाहीको सूचीमा परेका प्रेस काउन्सिलले जनाएको छ ।

Workplace

काउन्सिलले दिएको निर्देशन पालना नगरेपछि १५ वटा युट्युब च्यानललाई थप कारबाहीका लागि साइबर ब्युरोमा पठाइएको छ। त्यस्तै, मौखिक निर्देशनपछि १६ वटा युट्युब च्यानलले सामग्री हटाई क्षमायाचनासहित जवाफ दिएका छन्। काउन्सिलले ११ वटा च्यानललाई पत्राचार गरी पत्रकार आचारसंहिता विपरीतका सामग्री हटाउन निर्देशन दिएपछि ७ वटाले त्यसलाई हटाउँदै क्षमायाचनासहित जवाफ पठाएको काउन्सिलले जनाएको छ

- Advertisement -Workplace

यसअघि, काउन्सिलले झापा घटनासम्बन्धी भ्रामक वा आचारसंहिताविपरीत सामग्री सम्प्रेषण नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो। त्यसयता, ६ वटा युट्युब च्यानलका सञ्चालकहरू काउन्सिलमा उपस्थित भई क्षमायाचना गरिसकेका छन् भने ७ वटा च्यानलले भूलसुधार गरेको काउन्सिलले  जनाएको छ ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?