मोरङको उर्लाबारी र मिक्लाजुङमा ५ ट्याक्टर नियन्त्रणमा

समाचार सारांश
Auto Generated by AI
  • मोरङका विभिन्न खोलाबाट अवैध रूपमा ढुंगा र बालुवा निकाल्ने ५ वटा ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
  • नियन्त्रणमा लिइएका ट्याक्टरहरूलाई स्थानीय पालिकाको कार्यालयमा आवश्यक कारबाहीका लागि राखिएको छ।
  • सीमा नाकाबाट भन्सार छली ल्याइएको साढे चार लाख मूल्य बराबरको अवैध सामग्री पनि प्रहरीले बरामद गरेको छ।

काठमाडौ – खोलाबाट अवैध रूपमा ढुंगा, गिटी र बालुवा निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनी मोरङले ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

Workplace

सशस्त्र प्रहरी बल कंकालिनीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार सोमबार बेलुकी मोरङको उर्लाबारी नगरपालिकास्थित सुनझोडा खोला, मावा खोला र मिक्लाजुंग गाउँपालिकास्थित बक्राहा खोलाबाट ढुंगा, गिटी र बालुवा उत्खनन गरी लोड गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

- Advertisement -Workplace

सुनझोडा खोलाबाट प्रदेश नं १-०४-००१ त ०३४२ नम्बरको ट्याक्टरलाई ढुंगा लोड गरी निस्कँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । उर्लाबारी नगरपालिका-१ स्थित मावा खोलामा प्रदेश नं १-०२-००३ त १३५५ नम्बरको ट्याक्टरलाई बालुवा उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

मिक्लाजुङ गाउँपालिकाको मलामी टहरास्थित बक्राहा खोलाबाट मे १ त ४७७६, मे १ त ५३३२ र प्रदेश नं. १-०२-००३ त १३ नम्बरको ट्याक्टरलाई समेत बालुवा, ढुंगागिटी निकालेर लोड गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको उर्लाबारीस्थित सुरक्षा बेशबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मोरङका प्रमुख भण्डारीले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टर उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको कार्यालयमा राखिएको छ । यसैगरी सशस्त्र प्रहरी बलको टोलीले मोरङका विभिन्न सीमानाकामा भारततर्फबाट भन्सार छलि गरी भित्रिएका ४ लाख ७१ हजार रुपैयाँभन्दा बढीको सामग्री बरामद गरेको छ । अवैध रुपमा भित्रिएका फलफूल, लत्ताकपडा, कस्मेटिक, मेशिनरी सरसमानदेखि किराना पसलका सामग्री सशस्त्र प्रहरीको टोलीले बरामद गरी विराटनगर भन्सार कार्यालयलाई बुझाएको छ

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?