युनिफिकेशन चर्च’ की नेत्री हानलाई २ वर्षको जेल सजाय

समाचार सारांश
Auto Generated by AI
  • दक्षिण कोरियाली अदालतले युनिफिकेशन चर्चकी नेत्री हान हक–जालाई २ वर्षको जेल सजाय सुनाएको छ।
  • उहाँमाथि पूर्वराष्ट्रपति र प्रथम महिलालाई घुस र विलासी वस्तुहरू दिएर राजनीतिक प्रभाव जमाएको आरोप छ।
  • हानले आरोप अस्वीकार गर्दै फैसला विरुद्ध पुनरावेदन गर्ने घोषणा गर्नुभएको छ।

दक्षिण कोरियाको एक अदालतले ‘युनिफिकेशन चर्च’ की नेत्री हान हक–जालाई २ वर्षको जेल सजाय सुनाएको छ ।

Workplace

सोल केन्द्रीय जिल्ला अदालतले ८३ वर्षीया हानलाई पूर्वराष्ट्रपति युन सुक–योलको प्रशासनमा प्रभाव जमाउने प्रयाससँग सम्बन्धित राजनीतिक कोष तथा घुसखोरीका कसुरमा सजाय सुनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

- Advertisement -Workplace

राजनीतिज्ञहरूलाई रकम उपलब्ध गराउने तथा पूर्व प्रथम महिला किम केओन–हीलाई च्यानलका झोला र हिराको हारलगायत विलासी वस्तुहरू प्रदान गर्ने कार्यमा हान संलग्न रहेको अदालतले ठहर गरेको छ ।

यद्दपि हानले किमलाई डिजाइनर ह्यान्डब्यागजस्ता सामग्रीहरू उपलब्ध गराएको कुरा अस्वीकार गर्नुभएको छ । उहाँका वकिलहरूले यो फैसलामा पुनरावेदन गर्ने घोषणा गरिसकेका छन् ।

‘युनिफिकेशन चर्च’ का रूपमा चिनिने ‘फ्यामिली फेडेरेशन फर वल्र्ड पिस एन्ड युनिफिकेशन’ की प्रमुख हानलाई युन र किम जोडिएका आरोपहरूको अनुसन्धान गरिरहेको विशेष अभियोजकको टोलीले गएको वर्षको अक्टोबरमा अभियोग लगाएको थियो ।

सन् २०२४ को डिसेम्बरमा सैनिक शासनको घोषणा गरेपछि पदबाट हटाइएका पूर्वराष्ट्रपति युनविरुद्ध शुरू गरिएका धेरै अनुसन्धानहरूमध्ये यो एउटा थियो

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?