सर्वोच्चको अन्तरिम आदेशपछि पनि सरकारद्वारा राजदूतहरूलाई फर्काउने पत्राचार

Workplace

काठमाडौं । सर्वोच्च अदालतले ११ देशका राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको भोलिपल्टै सरकारले पुनः ती राजदूतहरूलाई नेपाल फर्काउन पत्राचार गरेको छ।

परराष्ट्र मन्त्रालयले सोमबार नै सम्बन्धित राजदूतहरूलाई पत्र पठाउँदै, “अर्को व्यवस्था नभएसम्म मन्त्रालयमा हाजिर रहनुपर्ने” निर्देशन दिएको परराष्ट्र स्रोतले जनाएको छ।

सरकारले यसअघि असोज ३० गते चीन, अमेरिका, बेलायतलगायत ११ देशका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर आइतबार मात्र सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

स्रोतका अनुसार, सर्वोच्चको आदेश जारी भएपछिसमेत मन्त्रालयले सोमबार बेलुकी ती राजदूतहरूलाई नेपाल फर्किन निर्देशन पठाएको हो। यस घटनाक्रमले कार्यपालिकाको सर्वोच्च अदालतप्रतिको प्रतिबद्धता र संवैधानिक मर्यादाबारे थप बहस र प्रश्न उठाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?