
- मुगुको छायाँनाथ रारा नगरपालिकामा अविरल वर्षासँगै आएको बाढीले ६० वटा बाख्रा बगाएको छ।
- घटनामा दुईवटा बाख्रा मरेको अवस्थामा फेला परेका छन् भने ५८ वटा अझै बेपत्ता छन्।
- मानवीय क्षति नभए पनि स्थानीय किसानका बाख्रा बग्दा ठूलो आर्थिक क्षति भएको छ।
रतन बहादुर रावल मुगु, मुगुको छायाँनाथ रारा नगरपालिकामा आज दिउसो अविरल वर्षासँगै आएको बाढीले ६० वटा बाख्रा बगाएको जिल्ला प्रहरी नायब उपनिरीक्षक र विराज थपलियाले जानकारी दिनुभयो छ।
आज दिउँसो करिब १:०० बजे तिर मुगुको छायाँनाथ रारा नगरपालिका-११ स्थित उदारी चौरको रुम खोलामा चराउन लगिएका बाख्राहरूलाई माथिबाट अचानक लेदोसहित आएको बाढीले बगाएको हो।

घटनाबारे छायाँनाथ रारा नगरपालिका वडा नं१०का वडाका सदस्य सिंह बहादुर बुढाले अपराह्न ५:०० बजे टेलिफोनमार्फत अस्थायी प्रहरी पोष्ट रोवालाइ जानकारी गराएपछि , मुगुबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) प्रकाश बहादुर सिंहको कमाण्डमा ४ जनाको प्रहरी टोली बेलुकी ७:०० बजे घटनास्थल पुगेको थियो। बताइएको छ।
प्रहरीका अनुसार बाढीले बगाएका कुल ६० वटा बाख्रामध्ये २ वटा बाख्रा मरेको अवस्थामा फेला परेका छन्।भने अरु बाख्रालाई भेलले कहाँ लग्यो कता लियो अहिलेसम्म अत्तोपत्तो तर ती मरेका बाख्रा कसका हुन् हुन् भन्ने कुरा खुल्न सकेको छैन। बाँकी ५८ वटा बाख्रा जङ्गलमा अझै बेपत्ता छन्। घटनामा कुनै मानवीय क्षति भने नभएको जानकारी गराउनु प्रहरीले दिएका छन् यो घटनास्थल प्रहरी पोष्टबाट करिब २ घण्टा पैदल दक्षिण दूरीमा पर्दछ।
तेज बहादुर बोहोरा का१० वटा बाख्रा
त्यस्तैगरी लाल चन्द्र ऐडि का १० बाख्रा हरी बहादुर ऐडी ६ छ वटा बाख्रा र सोही वडा का
दर्ज बहादुर बोहोरा का ३ वटा बाख्रा
मायादेवि बडुवाल १ वटा बाख्रा रहेका छन् केही बेर अघि मात्रै हामीले प्रत्यक्ष टेलिफोन सम्पर्कमा बाख्रा धनी तेजबहादुर बोहरालाई कुरा गरेका थियौं। आँखै अगाडि एक्कासी ठूलो भेल आयो मेरै आँखा अगाडि कयौँ बाख्रालाई बगाएर लग्यो आफू भने दौडेर बाँच्न सफल भयौँ तर बाख्राहरूलाई बचाउन सकिएन भन्दै पीडा पोखे।
