काठमाडौं महानगरपालिकाद्वारा शहीद दिवस मनाइयो

काठमाडौं, माघ १६ – हरेक वर्षझैं यस वर्ष पनि काठमाडौं महानगरपालिकाले शहीद दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। शहीदहरूको बलिदानको स्मरण गर्दै मंगलबार लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको छ।

Workplace

सोही अवसरमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरूको सपना पूरा गर्न सबै राजनीतिक नेतृत्व एकजुट हुनुपर्नेमा जोड दिइन्।

- Advertisement -Workplace

उहाँले भनिन्, “शहीदहरूले देखेको सपना साकार पार्नका लागि हरेक तहका नेतृत्वले एकै स्थानमा उभिएर सहकार्य गर्न आवश्यक छ। नेतृत्वदायी भूमिकामा रहेका सबैलाई यो जिम्मेवारीबोध गराउन चाहन्छु।”

काठमाडौं महानगरपालिकाले माघ १० गतेदेखि शहीद सप्ताह विभिन्न कार्यक्रमसहित मनाइरहेको छ। महानगरपालिकाले शहीदहरूको योगदानको सम्मान गर्दै नागरिकहरूलाई उनीहरूका विचार र आदर्शलाई आत्मसात गर्न प्रेरित गर्ने लक्ष्य लिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?