बाढी प्रभावित क्षेत्रमा सञ्चारका लागि अन्तर्राष्ट्रिय दूरसञ्चार संघको २० थान स्याटलाइट फोन सहयोग

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको बाढी प्रभावित क्षेत्रमा प्रयोग गर्न नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटलाइट फोन प्राप्त गरेको छ।
  • अन्तर्राष्ट्रिय दूरसञ्चार संघले सहयोगस्वरुप उपलब्ध गराएका यी फोन तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिनेछ।
  • टावर नचाहिने भएकाले यो प्रविधि दुर्गम र सञ्चार सम्पर्क विच्छेद भएका स्थानमा निकै प्रभावकारी हुनेछ।

काठमाडौ – रसुवामा आएको बाढीका कारण सञ्चार सम्पर्क विच्छेद भएका वा सञ्चार सेवा प्रभावित रहेका क्षेत्रमा प्रयोग गर्न नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटलाइट फोन प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को तर्फबाट विपद्को समयमा नेपाललाई सहयोग स्वरूप यी फोनहरू प्राप्त भएको हो ।

Workplace

यी फोन तीन महिनासम्म नि:शुल्क प्रयोग गर्न सकिने गरी प्राप्त भएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता एवम् निर्देशक मिनप्रसाद अर्यालले बताए ।

उनका अनुसार शनिबार भन्सारमा आइपुगेका यी फोनहरू आजैदेखि प्रयोगका लागि आवश्यक स्थानमा पठाउने तयारी गरिएको छ । यी सेटहरू विपद् जोखिम न्यूनीकरण प्राधिकरण समन्वयमा अति आवश्यक स्थानमा प्रयोगमा ल्याउने तयारी गरिएको हो

प्रवक्ता अर्यालले यी फोनहरूबाट डेटा र भ्वाइस सेवा लिन सकिने बताए । यी स्याटलाइट फोनहरू सामान्य मोबाइल वा वाकी-टकी भन्दा फरक प्रविधिका छन् । यसबाट सञ्चारका लागि जमिनमा रहेका टेलिफोन टावरको आवश्यकता पर्दैन । यसले सिधै स्याटलाइट मार्फत काम गर्ने भएकाले टावर नभएका वा दुर्गम स्थानमा पनि सञ्चार सम्पर्क स्थापित गर्न सकिने उनले जानकारी दिए । स्रोत टेकपाना

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?