तीज गीतमा बदलिँदो शैली ,मौलिकता हराउँदै त छैन?

समाचार सारांश
Auto Generated by AI
  • तीजका नयाँ गीतमा प्रयोग हुने शब्द र प्रस्तुतिलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस सुरु भएको छ।
  • परम्परागत गीतमा पाइने चेलीका दुःख र मौलिक मर्म अहिलेका आधुनिक गीतमा हराउँदै गएको चिन्ता बढेको छ।
  • तीजको मनोरञ्जनसँगै हाम्रो मौलिक संस्कृति र सन्देश जोगाउन कलाकार र दर्शक दुवै जिम्मेवार बन्नुपर्ने देखिन्छ।

टोकियो, जापान विजय सुनार– नेपालीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा नयाँ – नयाँ तीज गीत सार्वजनिक भइरहेका छन्। गीतसँगै अहिलेका तीज गीतका शब्द र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा बहससमेत सुरु भएको छ।

Workplace

“आज पनि गनायौ ए बुढा तिमी ठुस्स ठुस्स”, “हात्ति आयो लस लस, घोडी आयो टिङ पिटिङ टिङ” लगायतका शब्द भएका गीतहरू अहिले चर्चामा छन्। कतिपय गीतमा महँगा सारी, खानपान, प्रेम सम्बन्ध तथा ठट्यौली विषयलाई प्राथमिकता दिइएको देखिन्छ। गीतमा समय अनुसार परिवर्तन आउनु स्वाभाविक हो। तर प्रश्न के हो भने, तीज गीतलाई नयाँ बनाउने क्रममा तीज गीत अर्थात् संस्कृतिको मौलिकता र मर्म त हराउँदै गएको छैन?

पहिलेका तीज गीतमा माइतीघरको सम्झना, चेलीबेटीका दुःख-सुख, पारिवारिक अवस्था र सामाजिक विषयले बढी स्थान पाउँथे। गीतमार्फत महिलाले आफ्ना भावना र पीडा व्यक्त गर्ने चलन थियो।

अहिले भने सामाजिक सञ्जालमा छिटो भाइरल हुने शब्द र प्रस्तुतिको प्रभाव तीज गीतमा पनि देखिन थालेको छ। रमाइलो र मनोरञ्जन आवश्यक भए पनि संस्कृतिसँग जोडिएको पर्वका गीतमा मौलिकता र सन्देशलाई पनि उत्तिकै महत्व दिनुपर्ने आवाज उठिरहेको छ।

कलाकारले मात्र होइन, दर्शक श्रोताले पनि सोच्नुपर्ने बेला आएको छ। हामीले जस्तो गीतलाई हेर्छौँ, सुन्छौँ र भाइरल बनाउँछौँ, बजारले पनि त्यही गीतलाई प्राथमिकता दिन्छ।
तीज बदलियोस्, गीतको शैली बदलियोस्, तर तीजको मर्म र हाम्रो मौलिक संस्कृति भने नहराओस्।आखिर प्रश्न यही हो ,हामी तीजलाई आधुनिक बनाउँदैछौँ कि बिस्तारै आफ्नै संस्कृति बिर्सिंदैछौँ?

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?