हिमाचल प्रदेशमा आगलागी र ग्यास सिलिन्डर विस्फोट : ९ नेपालीसहित १० जनाको दुःखद निधन

नयाँ दिल्ली – भारतको हिमाचल प्रदेश अन्तर्गत सोलान जिल्लाको अर्की उपमण्डलस्थित पुरानो बस स्ट्यान्ड क्षेत्रमा मिति १२ जनवरी २०२६ को राति भएको भयावह आगलागी तथा ग्यास सिलिन्डर विस्फोटको घटनाले सम्पूर्ण नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ।

Workplace

प्राप्त जानकारीअनुसार रातिको समयमा एक पसलमा अचानक आगलागी भई त्यहाँ रहेका ग्यास सिलिन्डरहरू विस्फोट हुँदा सल्यान जिल्ला, सिद्धकुमाख गाउँपालिका–२, टाकुरा निवासी दुई परिवारका ९ जना नेपाली नागरिक तथा १ जना भारतीय नागरिक गरी जम्मा १० जनाको दुःखद निधन भएको छ। विस्फोट अत्यन्तै शक्तिशाली भएकाले शव संकलन कार्यमा कठिनाइ भइरहेको छ।

- Advertisement -Workplace

घटनास्थलमा हिमाचल प्रदेश, सोलान जिल्लाका सुरक्षाकर्मीहरूको टोली तथा नेपाली समाज भारत – हिमाचल प्रदेश राज्य समिति उद्धार तथा शव संकलन कार्यमा सक्रिय रूपमा संलग्न रहेका छन्। यस अकल्पनीय र हृदयविदारक घटनाप्रति नेपाली समाज भारत, केन्द्रीय समिति ले गहिरो दुःख तथा शोक व्यक्त गरेको छ। साथै, दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

उक्त दुःखद घटनापछि मृतक परिवारलाई यथोचित क्षतिपूर्ति, राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने विषयमा भारत सरकार, हिमाचल प्रदेश सरकार, नेपाली दूतावास तथा सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय भइरहेको जानकारी गराइएको छ।

नेपाली समाज भारत, केन्द्रीय समिति यस दुःखद घडीमा पीडित परिवारहरूसँग ऐक्यबद्धता प्रकट गर्दै मानवीय सहयोगका सबै प्रयासमा निरन्तर संलग्न रहने प्रतिबद्धता व्यक्त गरेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?