दीपा सिम्खडाद्वारा २५ लाख बराबरको कपडा निःशुल्क सहयोगको घोषणा

समाचार सारांश
Auto Generated by AI
  • दीपा सिम्खडाले विपद्मा परेकाहरूलाई पसलको २५ लाख मूल्य बराबरको लत्ताकपडा निःशुल्क सहयोग गर्ने घोषणा गर्नुभएको छ।
  • उहाँले आफ्नो स्वास्थ्यका कारण आफैँ उपस्थित हुन नसक्ने भन्दै राहत वितरणका लागि विश्वसनीय निकायलाई सम्पर्क गर्न अनुरोध गर्नुभएको छ।
  • उहाँले व्यवसायी साथीहरूलाई स्वार्थभन्दा माथि उठेर मानवीय सेवामा जुट्न र सहयोग गर्दा प्रचारबाजी नगर्न आग्रह गर्नुभएको छ।

उहाँ भन्नू हुन्छ म आज व्यवसायी मात्र नभई यो देशकी एउटी छोरीका रूपमा आफ्नो कर्तव्य सम्झिएर बोल्दैछु। यही नेपाल आमाको काखमा हुर्केर मैले व्यवसायी बन्ने अवसर पाएँ। विपद्को यस कठिन घडीमा हाम्रा दाजुभाइ-दिदीबहिनीहरू आधारभूत आवश्यकताबाट वञ्चित भइरहँदा पसलमा सजाएर राखिएका कपडाको कुनै अर्थ रहँदैन। त्यसैले मेरो पसलमा रहेको करिब ५० लाख मूल्य बराबरको लत्ताकपडामध्ये ५० प्रतिशत अर्थात् २५ लाख रुपैयाँ बराबरको कपडा निःशुल्क उपलब्ध गराउने घोषणा गर्दछु।

Workplace

मेरो खुट्टा फ्र्याक्चर भएकाले चिकित्सकको सल्लाहअनुसार लामो यात्रा गर्न नसक्दा म आफैँ प्रत्यक्ष पुग्न असमर्थ छु। तसर्थ, यो राहत सामग्री वास्तविक पीडितसम्म पुर्‍याउन आधिकारिक सरकारी निकाय वा विश्वसनीय सामाजिक संघसंस्थाहरूलाई सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।

सम्पूर्ण व्यवसायी साथीहरूलाई पनि यो विपत्तिको बेला नाफा नहेरी आफूसँग जे छ-गाँस, बास, आर्थिक सहयोग वा उद्धारमा शारीरिक श्रम-त्यही दिएर हातेमालो गर्न विनम्र अपिल गर्दछु।

अन्त्यमा, सहयोगका लागि मसँग सम्पर्क गर्दा कृपया कुनै क्यामेरा वा पत्रकार लिएर नआइदिनुहोला। यो देखावटी प्रचार नभई हृदयदेखिको मानवीय सेवा मात्र हो। हामी सबै मिलेर नेपाल आमालाई फेरि मुस्कुराउने बनाउनेछौँ।

– उही तपाईंको छोरी,
दीपा सिम्खडा

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?