
- प्रधानमन्त्री राहत कोषमा हाल १३ अर्ब ६८ करोडभन्दा बढी रकम जम्मा भएको छ।
- कोषमा नेपाली रुपैयाँसँगै २ करोड ३६ लाख अमेरिकी डलर पनि मौज्दात रहेको छ।
- बाढी प्रभावित क्षेत्रको राहतका लागि यसअघि नै १ अर्ब रुपैयाँ निकासा भइसकेको छ।
काठमाडौं।प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुने क्रम बढेसँगै १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६ सय ६ रुपैयाँ मौज्दात पुगेको छ ।

कोषमा सङ्कलन भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५ सय १७ रुपैयाँ रहेको छ ।
त्यसैगरी दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३६ लाख १२ हजार ५ सय ९६ अमेरिकी डलर मौज्दात रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यसअघि कोषबाट बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा भइसकेको छ ।
उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत राहत तथा पुनरुत्थानका लागि पठाइएको हो ।
