भोटेकोशी बाढी अपडेट : मृतकको संख्या १६२ पुग्यो

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको बाढीका कारण विभिन्न जिल्लामा गरी हालसम्म १६२ जनाको मृत्यु भएको छ।
  • बेपत्ताहरूको खोजी र उद्धारका लागि ३३९ जना प्रहरी परिचालन गरिए पनि २८ प्रहरी अझै सम्पर्कविहीन छन्।
  • बाढीमा परी घाइते भएका ८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १६२ जनाको शव फेला परेको छ ।                         नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ ।         बाढीपछि उद्धार, खोजी तथा सुरक्षा व्यवस्थाका लागि ३३९ जना प्रहरी परिचालन गरिएको छ भने  प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Workplace

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये ठूलो संख्या अझै सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । टिमुरेमा कार्यरत २३ प्रहरीमध्ये १३ जना सम्पर्कमा आएका छन् । रसुवागढीमा कार्यरत २ जनामध्ये १ जना, स्याफ्रुबेँसीमा कार्यरत ८ जनामध्ये ५ जना, मैलुङमा कार्यरत ५ जनामध्ये ३ जना, बेत्रावतीमा कार्यरत १० जनामध्ये २ जना र हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन् । विवरणअनुसार हालसम्म २८ जना प्रहरी सम्पर्कमा नआएको जनाइएको छ ।             बाढीमा घाइते भएका ८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये त्रिवि शिक्षण अस्पतालमा २० जना, ट्रमा सेन्टरमा ८ जना, वीर अस्पतालमा ३ जना, बीरेन्द्र सैनिक अस्पतालमा ९ जना, ग्रिन सिटीमा ९ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा १ जना उपचाररत रहेको विवरणमा उल्लेख छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?