भोटेकोशी बाढी अपडेट : मृतकको संख्या १६२ पुग्यो

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको बाढीका कारण विभिन्न जिल्लामा गरी हालसम्म १६२ जनाको मृत्यु भएको छ।
  • बेपत्ताहरूको खोजी र उद्धारका लागि ३३९ जना प्रहरी परिचालन गरिए पनि २८ प्रहरी अझै सम्पर्कविहीन छन्।
  • बाढीमा परी घाइते भएका ८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १६२ जनाको शव फेला परेको छ ।                         नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ ।         बाढीपछि उद्धार, खोजी तथा सुरक्षा व्यवस्थाका लागि ३३९ जना प्रहरी परिचालन गरिएको छ भने  प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Workplace

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये ठूलो संख्या अझै सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । टिमुरेमा कार्यरत २३ प्रहरीमध्ये १३ जना सम्पर्कमा आएका छन् । रसुवागढीमा कार्यरत २ जनामध्ये १ जना, स्याफ्रुबेँसीमा कार्यरत ८ जनामध्ये ५ जना, मैलुङमा कार्यरत ५ जनामध्ये ३ जना, बेत्रावतीमा कार्यरत १० जनामध्ये २ जना र हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन् । विवरणअनुसार हालसम्म २८ जना प्रहरी सम्पर्कमा नआएको जनाइएको छ ।             बाढीमा घाइते भएका ८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये त्रिवि शिक्षण अस्पतालमा २० जना, ट्रमा सेन्टरमा ८ जना, वीर अस्पतालमा ३ जना, बीरेन्द्र सैनिक अस्पतालमा ९ जना, ग्रिन सिटीमा ९ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा १ जना उपचाररत रहेको विवरणमा उल्लेख छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?