नेकपा नेतृ रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

काठमाडौ – पोखराको लिची बगैँचा जग्गासम्बन्धी घुस प्रकरणमा मुछिएकी नेतृ रञ्जिता श्रेष्ठलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

Workplace

आइतबार विशेष अदालतमा उपस्थित भएकी उनलाई न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको छ।

गत २२ असोजमा उनीसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर भयको थियो।

सो मुद्दामा रञ्जितालाई ७८ लाख रुपैयाँ बिगो कायम गरिएको थियो।

तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, रञ्जितासहितका व्यक्तिले कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई त्यही थमौती गर्न ५२ लाख लिएको तथा भूमि आयोगमा नियुक्तिका लागि २८ लाखको डिल गरेको अडियो सार्वजनिक सार्वजनिक भएपछि अख्तियारले छानबिन गरी मुद्दा दायर गरेको हो ।
तत्कालीन मन्त्री गुप्ता भने हाल पुर्पक्षका लागि कारागारमा छन्।

नेतृ श्रेष्ठ भने हाल नेपाल कम्युनिस्ट पार्टीमा छिन्।

पोखराको एक विवादित जग्गाको विषयमा आफूअनुकूल निर्णय गराउन त्यसरी घुसको लेनदेन भएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?