
- भोटेकोशी नदीमा आएको बाढीका कारण अहिलेसम्म ९५ जनाको शव फेला परेको छ।
- मृतकहरूमा बालबालिका तथा महिलासहित विभिन्न जिल्लाका व्यक्तिहरू समावेश छन्।
- प्रहरीका अनुसार केही शवहरूको अझै पहिचान खुल्न बाँकी रहेको छ।
काठमाडौं ।रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका अहिलेसम्म ९५ जनाको शव फेला परेकोछ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको हो । जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ । धादिङमा ११ महिला, ५ पुरुष, २ (पहिचान नखुलेको) गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

गोरखामा एक महिला, ४ पुरुष र एक बालक र १० जना (पहिचान नखुलेको)को शव फेला परेको छ । चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना (पहिचान नखुलेका)को शव भेटिएको छ । प्रहरीका अनुसार तनहुँमा ३ जना पुरुष, १ जना बालिका र १ जना बालकको शव फेला परेको छ भने नवलपरासीपूर्वमा ८ जना पुरुष र ३ जना बालिकाको शव फेला परेको छ ।
