रसुवा बाढी : हालसम्म ७२ जनाको शव फेला

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ।
  • बाढीमा परेका २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन अवस्थामा छन्।
  • सेनाको हेलिकप्टरमार्फत प्रभावित क्षेत्रबाट ८८ जनाको सकुशल उद्धार गरिएको छ।

काठमाडौँ । रसुवा स्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ ।    अहिलेसम्म ७२ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित नदी तटिय क्षेत्रमा शव भेटिएको हो । भेटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी काफ्लेले जानकारी दिए ।

Workplace

बाढीमा परेका २८ जना प्रहरी कर्मचारी सम्पर्कमा छैनन् । बुधबार बिहान ९ बजेतिर चीनको तिब्बत तर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएर ठुलो क्षति पुगेको हो । बाढीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन् ।

बाढीका कारण प्रभावित भएकाहरुलाई सुरक्षाकर्मीहरुले उद्धार गरिरहेका छन् । अहिलेसम्म ८८ जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । ६ वटा हेलिकप्टरबाट बाढी प्रभावितहरूको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?