अख्तियारलाई दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः अमरेशकुमार सिंह

समाचार सारांश
Auto Generated by AI
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक प्रभावमुक्त र थप सशक्त बनाउनुपर्नेमा सांसद सिंहले जोड दिएका छन्।
  • सरकारी कार्यालयहरूमा संस्थागत भ्रष्टाचार र विचौलियाको बिगबिगी बढेको भन्दै उनले साना कर्मचारी मात्र नभई ठूला भ्रष्टाचारीलाई पनि कारबाही गर्न माग गरेका छन्।
  • संवैधानिक निकायमा अवकाशप्राप्त कर्मचारीको नियुक्ति रोक्नुपर्ने र प्रमुखहरू प्रधानमन्त्रीको अनुकूल चल्ने परम्परा अन्त्य गर्नुपर्ने उनको सुझाव छ।

काठमाडौ -राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सुदृढ र राजनीतिक प्रभावबाट मुक्त बनाउनुपर्ने बताएका छन्।

Workplace

 

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संवैधानिक निकायहरूको निष्पक्षता र कार्यशैलीमाथि प्रश्न उठाउँदै व्यापक सुधारको आवश्यकता रहेको बताएका हुन्। उनले नेपालमा वडा तहदेखि केन्द्रसम्मै भ्रष्टाचार संस्थागत भएको बताए।

प्रहरीको मुद्दा फाँट, सरकारी वकिल कार्यालय, मालपोत र नापी कार्यालयमा आज पनि सर्वसाधारणले घुस नदिई काम गराउन नसक्ने र कर्मचारीबाट दुःख पाउने गरेको उनले बताए।

उनले अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूलाई राजनीतिक दलका नेता वा प्रधानमन्त्रीले आफ्नो अनुकूल चलाउन खोजेको आरोप लगाए। संवैधानिक निकायहरू राजनीतिक प्रभावबाट पूर्णतः मुक्त हुनुपर्नेमा जोड दिँदै उनले ठूला भ्रष्टाचारका काण्डहरूमा अख्तियार मौन बस्ने तर साना कर्मचारीलाई मात्र कानुनी दायरामा ल्याउने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे।

अदालत र अख्तियारजस्ता निकायमा विचौलियाहरूको प्रभाव बढेको दाबी गर्दै उनले कानुनको नजरमा सबै समान हुनुपर्ने बताए। सांसद सिंहले संवैधानिक निकायहरूमा सेवानिवृत्त कर्मचारीहरूलाई नियुक्ति गर्ने विद्यमान प्रथा अन्त्य गर्न सुझाव दिए।

नियुक्ति प्रक्रियामा सुधार नभएसम्म देशमा सुशासन कायम नहुने जिकिर गर्दै उनले संवैधानिक निकायका प्रमुखहरू प्रधानमन्त्रीको निम्तोमा बालुवाटार धाउने परम्परा बन्द हुनुपर्ने बताए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?