फागुन १ गते प्रचण्ड गुल्मीको मालिका गाउँपालिकामा आउदै

 

Workplace

 खिम खड्का
गुल्मी –  पूर्व प्रधानमन्त्री तथा नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) यहि फागुन १ गते गुल्मीको मालिका गाउँपालिकामा आउदै छन ।

पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख अतिथ्यतामा फाल्गुण १ गते मालिका गाउँपालिकाको प्रशासकीय भवन उद्धघाटन, तेर्स्रो मालिका रनिङ्ग शिल्ड तथा अन्तर स्थानीय तह मैत्रीपूर्ण भलिवल प्रतियोगिता उद्धघाटन, मालिका हेलिप्याडको उद्याटन, मालिका पिस पार्कको उद्धघाटन, लगाएत अन्य विविध कार्यक्रमको उद्घघाटनको निम्ती प्रचण्ड आउन लागेको पालिकाका सुचना अधिकारी जगत पौडेलले बताए ।

कार्यक्रममा अन्य केन्द्रिय स्तरका नेता र राष्ट्रिय स्तरका कलाकारहरु समेतको विशेष उपस्थितिमा विविध कार्यक्रमहरु संचालन हुन गईरहेको हुदाँ सम्पुर्णको उपस्थितिको लागि बिभिन्न माध्यम बाट सुचना सम्प्रेषण भैरहेको गाउँपालिका अध्यक्ष देविराम अर्यालले जानकारी दिए ।

मालिका गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अर्खावाङ्ग गुल्मीको आयोजनामा मालिका गाउँपालिका वडा नं ४ अर्खावाङ्गमा फाल्गुण १ गते बिहान ११ बजे उद्धघाटन कार्यक्रम हुने गाउँपालिकाका अध्यक्ष अर्यालले बताए ।

तेर्स्रो मालिका रनिङ्ग शिल्ड तथा अन्तर स्थानीय तह मैत्रीपूर्ण भलिवल प्रतियोगितामा गुल्मीका १२ र बाग्लुङ्का ३ गरि १५ टिमको प्रतिस्पर्धा रहने गाउँपालिकाले जनाएको छ ।

त्यसै दिन प्रचण्ड द्वारा गुल्मीको धुर्कोट गाउँपालिकाको सहिद पार्क  समेत उद्धघाटन कार्यक्रम रहेको  बताइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?