
- मुगुको खत्याडस्थित महादेव मष्टा नमुना माविका ३६० विद्यार्थीलाई अक्कल कोपिला फाउन्डेसनले शैक्षिक सामग्री वितरण गरेको छ।
- दुर्गम क्षेत्रका विद्यार्थीलाई सहयोग गर्न फाउन्डेसनका प्रतिनिधिहरू कठिन यात्रा तय गर्दै विद्यालयमै पुगेका थिए।
- सगरमाथा आरोही एवं समाजसेवी अक्कल बहादुर बोहराले शिक्षा र पूर्वाधार क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन्।
रतन बहादुर मुगु -हिमालि जिल्ला मुगुको खत्याड गाउँपालिका वडा नं११म अवस्थित श्री महादेव मष्टा नमुना माध्यमिक विद्यालय लुई ११ रातापानि विद्यालयका करिब ३६० जना विद्यार्थीहरूलाई स्टेसनरी सामग्री सहयोग गरिएको छ।अक्कल कोपिला फाउन्डेसन ले खत्याड गाउँपालिका को वडा नं.११ मा अवस्थि श्री महादेव मष्टा नमुना माध्यमिक विद्यालय रातापानि लुइ का ३६० जना अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो।

भौगोलिक रूपमा अत्यन्तै विकट मानिने मुगु जिल्ला को खत्याड गाउँपालिका पुग्न जिल्ला सदरमुकाम गमगढीबाट मात्रै पनि कम्तीमा एक दिन पैदल हिँड्नुपर्छ। हाल वर्षायामको सिमसिमे झरी र हिलाम्मे सडकको चुनौतीपूर्ण अवस्थालाई छिचोल्दै फाउन्डेसनका प्रतिनिधिहरू कष्टकर यात्रा तय गरी सामग्रीसहित विद्यालयमै पुगेका थिए।विद्यार्थीहरूले भने– “हाम्रा लागि भगवान् बनेर आउनुभयो
“हाम्रो विध्यालय मै आएर स्टेसनरी सामग्री पाएपछि खुसी हुँदै विद्यार्थीहरु ले फाउन्डेसनका संस्थापक एवं पुर्व सशस्त्र प्रहरी वलका हवल्दार समाजसेवी अक्कल बहादुर बोहरालाई धन्यवाद ज्ञापन गरे। स्थानीयबासी र विद्यार्थीहरूका अनुसार पूर्व सशस्त्र प्रहरी बलका हवल्दार समेत रहेका बोहरा मुगु जिल्लामा मात्र नभई देशका दूरदराजमा रहेका दुःखी, असहाय, एकल महिला र आर्थिक अभावका कारण अस्पतालमा जीवन-मरणको संघर्ष गरिरहेका विपन्न नागरिकका लागि ‘भगवान्’ सरह बन्दै आएका छन्।सामग्री वितरणका क्रममा समाजसेवी बोहराले आफ्नो बाल्यकालको स्मरण गर्दै भने, “मैले सानो छँदा गरिबी र दुःखका कारण राम्रोसँग पढ्न पाइनँ, त्यो पीडा मलाई थाहा छ। मुगुका
बालबालिकाहरूले शिक्षा पाउनबाट बञ्चित हुन नपरोस् र कसैले पनि पढ्ने बेला दुःख भोग्नु नपरोस् भन्ने मेरो चाहना हो।” उनले आफ्नो जीवन रहेसम्म मुगु जिल्लाभरिको शिक्षा क्षेत्र सुधारका लागि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे।सगरमाथा आरोही बोहराको बहुआयामिक समाज सेवी अक्कल बहादुर बोहरा मुगु जिल्लाकै पहिलो सगरमाथा आरोही हुन्। उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा मात्र नभई गाउँघरमा आर्यघाट निर्माण, सडक बाटो सुधार, पाटीपौवा, पुलपुलेसा, धर्मशाला तथा प्रतीक्षालय निर्माण जस्ता थुप्रै उदाहरणीय र चौतर्फी विकासका कार्यहरूमा ठूलो योगदान पुर्याउँदै आएका छन्। उनको यो निरन्तरको सामाजिक सक्रियताले दुर्गम मुगुका नागरिकहरूलाई ठूलो राहत मिलेको स्थानीयबासीहरू बताउँछन्।
