काठमाडौ – चुनावी विरोध गतिविधि गरेको आरोपमा सुर्खेतबाट आठ जना पक्राउ परेका छन्।

प्रतिनिधि सभा निर्वाचन बहिष्कार गरेका विभिन्न दलका नेतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएकाे छ।
पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज ६६ वर्षीय नारायण न्यौपाने, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव २० वर्षीय धीर दर्जी र क्रान्तिकारी कम्युनिस्ट पार्टीका ब्यूरो सदस्य ४१ वर्षीय कर्णबहादुर बीसी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव ३८ वर्षीय श्याम कुँवर, नेकपा बहुमतका जिल्ला सचिव ४५ वर्षीय राजु भनिने राजकुमार पौडेल, नेकपा क्रान्तिकारी सुर्खेत जिल्ला समिति सचिव ५४ वर्षीय रन्तबहादुर वली, नेकपा बहुमतका वडा समिति सदस्य ६६ वर्षीय पूर्ण तिरुवा र रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ का ३८ वर्षीय मानबहादुर मल्ल रहेका छन्।
