देउवालाई रवीन्द्र मिश्रको सुझाव : प्रतिशोध त्यागेर ‘प्रचण्डपथ’ बाट ‘बीपीपथ’ मा फर्किनुस्

समाचार सारांश
Auto Generated by AI
  • रवीन्द्र मिश्रले शेरबहादुर देउवालाई विगतको प्रतिशोध त्यागेर बीपीपथमा फर्कन सुझाव दिएका छन्।
  • देउवाको कुण्ठाले देश र कांग्रेस दुवैको भविष्य खतरामा परेको मिश्रको भनाइ छ।
  • राजसंस्था भएको भए देशको राजनीतिक परिस्थिति अहिलेभन्दा धेरै सुध्रिने उनको जिकिर छ।

काठमाडौ – पूर्व राप्रापा नेता रवीन्द्र मिश्रले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले राजा ज्ञानेन्द्रले आफूलाई जेल हालेको विषयमा कुण्ठा र आक्रोश व्यक्त गरिरहेको बताएका छन्।

Workplace

मिश्रले देउवालाई सम्बोधन गर्दै बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले राजतन्त्रबाट ठूलो पीडा भोगे पनि देशका लागि आवश्यक ठानेर राजसंस्था नत्यागेको बताए। उनले देउवाले पनि विगतको पीडा र प्रतिशोधभन्दा माथि उठ्नुपर्ने बताएका हुन्।

‘तपाईँजस्तो मान्छेमा समेत चरम कुण्ठा र प्रतिशोधको भाव देखेर म छक्क परेको छु,’ मिश्रले लेखेका छन्, ‘प्रतिशोधको भाव त्यागेर ‘प्रचण्डपथ’बाट ‘बीपीपथ’मा फर्किनोस्। नत्र कांग्रेस र देश दुवैको भविष्य खतरामा छ।’

मिश्रले आफूलाई ५० दिनका लागि हिरासतमा राखिएको प्रसंग निकाल्दै राजनीतिक जीवनमा आफूले भोगेका घटनाका आधारमा प्रतिशोधको भाव राख्न सकिने भए पनि त्यसलाई राजनीतिमा हाबी हुन दिन नहुने बताएका छन्।

उनले नेपालमा राजसंस्था भएको भए गत भदौ २४ गते देउवा दम्पतीमाथि कुटपिटको अवस्था नआउने र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टर चढेर भाग्नुपर्ने अवस्था नआउने समेत गरेका छन्।

यसअघि शनिबार पनि मिश्रले देउवाले विस्तारै ‘प्रचण्डपथ’बाट ‘बीपीपथ’मा फर्किएको संकेत गर्न थालेको बताएका थिए।

देउवाले लिखित भाषणमा बीपी कोइराला र राष्ट्रिय मेलमिलापको चर्चा गरेको तथा भाषणपछि ‘संवैधानिक राजसंस्था’ र ‘प्रजातन्त्र मान्ने राजसंस्था’ आफूले मानेको भन्दै मिश्रले त्यसलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरेका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?