मनसुनी प्रणाली पहाडी क्षेत्रमा बढी केन्द्रित यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • देशका केही पहाडी क्षेत्रमा अहिले हल्का वर्षा भइरहेको छ।
  • कास्कीमा सबैभन्दा धेरै १०७ मिलिमिटर पानी परेको छ।
  • आज बागमती, गण्डकी र लुम्बिनीका पहाडी भेगमा ठूलो वर्षा हुन सक्छ।

अहिले देशका केही ठाउँमा हल्का पानी परिरहेको छ ।

Workplace

मौसम पूर्वानुमान महाशाखा अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँमा सामान्य वर्षा भइरहेको हो । यस्तै कोशी प्रदेशका पहाडी क्षेत्रमा पनि छिटफुट पानी परिरहेको छ ।

पछिल्लो १२ घण्टामा कास्कीमा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो समय मनसुन विशेषगरी पहाडी क्षेत्रमा केन्द्रित छ । महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँ तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू–भागका थोरै ठाउँमा मध्यमसम्म वर्षाको अनुमान रहको महाशाखाले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?