गुल्मीको मदाने ७ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न १४४ लाभान्वित

खिम खड्का

Workplace

गुल्मी । भनभने (गुल्मी)सम्पर्क समाज रुपन्देहीले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भनभने गुल्मी सम्पर्क समाज रुपन्देहीले मदाने गाउँपालिका स्तरिय स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा १४४ जनाले स्वास्थ्य सेवा लिएको भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीका अध्यक्ष विष्णु घिमिरेले बताए । “चैत्र २० गते गुल्मीको मदाने ७ को भनभने स्वास्थ्य चौकी परिसरमा बिहान ९ बजे देखि परिक्षण सुरु भएको थियो जहाँ स्त्री रोग सम्बन्धी विविध परिक्षण र निशुल्क औषधी वितरण गरिएको थियो ” अध्यक्ष घिमिरेले भने ।

- Advertisement -Workplace

स्वास्थ्य परिक्षणको औपचारिक सुरुवात गर्दै बिगतमा ३१ बर्ष स्वास्थ्य क्षेत्रमा सेवा गरेर सेवा निबृत्व भए पश्चात मदाने गाउँपालिका अध्यक्षमा निर्वाचित पालिका अध्यक्ष महेन्द्र कुँवरले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर धेरै जना महिलाहरुलाइ सेवा दिएकोमा सम्पर्क समाजलाई धन्यवाद व्यक्त गरे । गत वर्ष पनि हाँडजोर्नी तथा नशा रोग र जनरल फिजिसियन सम्बन्धि बृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको सम्पर्क समाजले यस वर्ष स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

शिविरमा स्वास्थ्य परिक्षणको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्त्री रोग विशेषज्ञ तथा कन्सल्टेन्ट डा.विधा भुशाल र डा.शिला ढकाल लगायतको उपस्थिति रहेको थियो । शिविरको उद्धघाटन कार्यक्रममा मदाने गाउँपालिका अध्यक्ष महेन्द्र कुँवर, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थी, मदाने ७ का वडा वडा अध्यक्ष सन्तोष के सी, मदाने ६ का वडा अध्यक्ष मनिराम थापा, विशेषज्ञ डाक्टरहरु, जनप्रतिनिधी, कर्मचारी, सम्पर्क समाजका सदस्य तथा पदाधिकारी र स्थानियहरुको सहभागिता रहेको थियो ।

उद्धघाटन कार्यक्रमको अध्यक्षता सम्पर्क समाजका अध्यक्ष विष्णु घिमिरे, संचालन महासचिव पदम जि. सि. र स्वागत मन्तब्य सम्पर्क समाजका निवर्तमान अध्यक्ष तथा शिविरका संयोजक लोकनाथ पन्थीको रहेको थियो । शिवरमा मदाने गाउँपालिका वडा नं ७ को वडा कार्यालयले समेत सहयोग र समन्वय गरेको छ । सम्पर्क समाजले स्थापना कालदेखि विभिन्न तवरले सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?