महामारीबाट म`रे´का पशुको पनि क्षतिपूर्ति दिनुपर्छ’ : राष्ट्रिय सभा सदस्य घिमिरे

समाचार सारांश
Auto Generated by AI
  • महामारीमा मरेका पशुका धनीलाई सरकारले राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ।
  • रोग नियन्त्रणका लागि जैविक सुरक्षाका उपायहरूलाई विधेयकमा प्राथमिकता दिनुपर्छ।
  • विधेयकलाई थप व्यावहारिक बनाउन समितिमा दफावार छलफल गराउन आग्रह गरिएको छ।
काठमाडौं । राष्ट्रिय सभा सदस्य बासुदेव घिमिरेले महामारीका कारण मरेका पशु चौपायाका धनीलाई राहत र क्षतिपूर्तिको स्पष्ट व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय सभामा वुधबार ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विधेयक सकारात्मक रहे पनि केही व्यावहारिक र महत्वपूर्ण पक्षहरू छुट्न पुगेको उल्लेख गरे ।
नेपालमा ८० प्रतिशतभन्दा बढी जनसंख्या पशुपालनमा आधारित रहेको र यसलाई आर्थिक आयआर्जनको प्रमुख स्रोत बनाएको सन्दर्भ जोड्दै घिमिरेले यस क्षेत्रको सुरक्षाका लागि कडा र स्पष्ट कानुनी व्यवस्था अपरिहार्य रहेको बताए ।
विधेयकमा सङ्क्रमण फैलिन नदिन रोगग्रस्त पशु नष्ट गरिएमा क्षतिपूर्ति दिने प्रावधान भए पनि महामारीका कारण आफैँ मरेका पशुका हकमा राहतको कुनै व्यवस्था नभएकाले त्यसलाई थप गरिनुपर्ने उनको सुझाव थियो ।
यसैगरी, रोग लागिसकेपछि नियन्त्रण गर्नुभन्दा रोग लाग्नै नदिने ‘जैविक सुरक्षा’ (बायो–सिक्योरिटी) का उपायहरूलाई प्रवद्र्धन र परिस्कृत गर्ने नीति विधेयकमा समावेश गरिनुपर्नेमा पनि जोड दिए ।
स्थलचर पशु र पँक्षीका अलावा माछा पालन तथा जङ्गली जनावरहरूमा फैलिने सङ्क्रामक रोग नियन्त्रण र परीक्षणका विषयमा पनि विधेयकले स्पष्ट दिशा निर्देश गर्नुपर्ने उनको भनाइ थियो ।
पशु रोग नियन्त्रणसम्बन्धी व्यवस्थाले किसानको जीविकोपार्जन र मुलुकको समग्र अर्थतन्त्रमै प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस विधेयकमाथि बुँदागत रूपमा गम्भीर छलफलको आवश्यकता रहेको सांसद घिमिरेले बताए ।
विधेयकलाई थप परिस्कृत, व्यवहारिक र सर्वस्वीकार्य बनाउन विधायन व्यवस्थापन समितिमा लगेर दफावार छलफल गराउन उनले अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण पनि गराए ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?