देशका केही स्थानमा भारी वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • हाल देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
  • देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
  • केही पहाडी र तराईका क्षेत्रमा भारी वर्षाको समेत पूर्वानुमान गरिएकोले सतर्क रहन आग्रह गरिएको छ।

काठमाडौ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा  नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ ।

Workplace

 

जल तथा मौसम विज्ञान विभागले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ ।

मधेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी र बागमतीको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा मधेश, कोशी र बागमतीको तराई भू–भागमा आंशिक बादल लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

विभागको मौसम बुलेटिनका अनुसार  देशको हिमाली भू–भागका केही स्थानमा मेधगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना  रहेको छ । कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीको पहाडी भू–भागको केही स्थानमा  मेधगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश र कोशी, बागमती र गण्डकीका तराई भू–भागको एक/दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिमको पहाडी र तराई भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ । मुलुकका पहाडी भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भाग, कर्णालीको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना विभागले जनाएको छ । रासस

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?