भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदै : लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन

समाचार सारांश
Auto Generated by AI
  • भारतले आज आफ्नो ८० औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाउँदैछ।
  • प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य सार्वजनिक गर्नुभयो।
  • प्रधानमन्त्री मोदीले लगातार १३ औँ पटक झण्डा फहराएर ऐतिहासिक रेकर्ड कायम गर्नुभएको छ।

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको लालकिल्लाबाट देशबासीका नाममा सम्बोधन गर्नुभएको छ ।

Workplace

लालकिल्ला पुग्नुअघि उहाँले राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । आफ्नो सम्बोधनमा प्रधानमन्त्री मोदीले विगत १२ वर्षका उपलब्धि प्रस्तुत गर्दै सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यसहित दीर्घकालीन दृष्टिकोण सार्वजनिक गर्नुभएको छ ।

विगत १२ वर्षमा २५ करोड नागरिकलाई गरिबीबाट बाहिर निकाल्न सफल भएको उहाँको दाबी छ । प्रधानमन्त्री मोदीले लगातार १३ औँ पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड समेत कायम गर्नुभएको छ ।

सन् १९४७ अगस्ट १५ मा झण्डै दुई शताब्दी लामो ब्रिटिश उपनिवेशवादी शासनको अन्त्य गर्दै भारत स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो । १८ औँ शताब्दीको मध्यतिर ईस्ट इण्डिया कम्पनीमार्फत शुरु भएको ब्रिटिश प्रभाव पछि प्रत्यक्ष उपनिवेशमा रूपान्तरण हुँदै राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा गहिरो प्रभाव पारेको थियो । तर स्वतन्त्रताको दिनसँगै विभाजनको पीडादायी इतिहास पनि जोडिएको छ, जसले भारत र पाकिस्तान दुई स्वतन्त्र देशको रूपमा जन्म दिएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?