नेपाली चियाको अन्तर्राष्ट्रिय बजार विस्तारमा सरकार गम्भीर : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्या समाधान तथा चिया उद्योग प्रवर्द्धनका लागि सरकार सक्दो पहल गर्ने विश्वास दिलाएका छन्।

Workplace

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिहरूले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीले औपचारिक र अनौपचारिक दुवै संयन्त्रमार्फत समाधानका उपाय खोजिने बताएका छन्। साथै, नेपाली चियाको उचित बजार प्रवर्द्धन र विस्तारका लागि सरकार उद्यमीहरूसँग सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारे।

प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीका अनुसार हाल भारत सरकारले नेपाली चियालाई अनिवार्य रूपमा भारतीय अक्सन (लिलामी प्रक्रिया) मार्फत मात्र आयात गर्ने नीतिगत प्रावधान ल्याउन लागेकाले नेपाली चिया उद्योगलाई गम्भीर असर पर्ने भएको छ।

प्रतिनिधिहरूले नेपालमै अक्सन केन्द्र सञ्चालन, चिया निर्यात अनुदान तत्काल उपलब्ध गराउने व्यवस्था, चिया बगान क्षेत्रमा सहज विद्युत् आपूर्ति तथा महसुल व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?