नयाँ दिल्ली अर्जुन थापा – उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लाको गंगोत्री राजमार्ग नजिकैको धराली गाउँमा मंगलवार दिउँसो आएको भीषण बादल फाटका कारण ठूलो जनधनको क्षति भएको छ। दिउँसो खीरगंगा क्षेत्र आसपास आएको एक्कासी भीषण वर्षापछि नदीमा बाढी आएर गाउँभरि तहल्का मच्चाएको हो। बाढीले गाउँका घर, पसल, होमस्टे, होटल र सडकहरू क्षणभरमै बगाएको छ। तीव्र बहावमा तीनतले भवनहरू समेत ढलेका छन् । एकजना ब्यक्ति भिडियोमा देखे अनुसार भागो रे…भागो रे… भन्दै चिच्याका छ्न तब सम्म धेरै जाना उक्त बाढीको चपेटामा आइसकेका थिए

स्थानीय प्रशासनका अनुसार अहिले सम्म ६ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने ६० भन्दा बढी मानिस बेपत्ता रहेका छन्। १०/१२ जाना अझै दल्दले हिलोमा पुरिएको हुन सक्ने आसंका गरिएको छ पृउद्धारमा खटिएका सुरक्षा निकायहरू — एसडीआरएफ, एनडीआरएफ, आइटीबीपी र सेनाले लगातार खोज तथा उद्धार कार्य जारी राखेका छन्। बाढीले गाउँका दर्जनौं संरचना पूर्ण रूपमा ध्वस्त पारेपछि माटो, ढुंगा र काठको भेलको रुपमा फैलिएको दृश्य अत्यन्तै भयावह देखिएको छ।थप के कति क्षती भयो भने यहिले भन नसकिने बताइएको छ घटना हेर्दा अझै धेरै मृत्यु हुनेको संख्या बडने र लापता भएका हरुको पनि विवरण बडन सक्ने अनुमान गरिएको छ ।
प्रभावित क्षेत्रका मानिसहरू विस्थापित भएका छन् भने बाढीले पुल, सडक र यातायातका संरचना समेत भत्काइदिएको छ। सडक अवरुद्ध हुँदा उद्धार टोलीलाई कठिनाइ भएको छ। हेलिकप्टरमार्फत पनि खोजी तथा राहत सामग्री पुर्याउने प्रयास भइरहेको छ। स्थानीय बासिन्दा अझै पनि त्रासमा छन्। केहीले चिच्याउँदै भागेको र केही ढलेका भवनभित्र पुरिएको दृश्य भिडियोहरूमा देखिएको छ।
भारतीय प्रधानमन्त्री र उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राहत र उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। केन्द्र सरकारसँग समन्वय गरेर थप राहतको तयारी पनि भइसकेको छ। यता, वातावरणविद्हरूले अनियन्त्रित विकास, पहाडमा भइरहेको दोहन, र जलवायु परिवर्तनले यस्ता घटनालाई बारम्बार निम्त्याएको चेतावनी दिएका छन्।
धराली पर्यटकीय क्षेत्र पनि भएकाले ती क्षेत्रमा दर्जनौं पर्यटकहरू पनि रहेको आशंका छ। उनीहरूको अवस्था खुल्न बाँकी छ। बाढीको चपेटामा परेकाहरूको खोजी अझै जारी छ। मौसम अझै प्रतिकूल भएकाले पुनः पहिरो वा बाढीको जोखिम रहेको एक जाना स्थानीय दिल्लीमा काम गर्दै आएका ब्याक्तीले नेपाल खोजखबर लाई बताएका छ्न अहिले उनी आफ्नो परिवार सम्पर्कमा आए पनि अरु आफन्त हरुको बारे केही थाहा नभएको बताएका छ्न स्थिति हेर्दा निकै ठुलो दुर्घटना भएको समेत बताएका छ्न ।
उत्तराखण्डको पहाडी भूगोल र अत्यधिक असंवेदनशील निर्माण अभ्यासको सन्दर्भमा पछिल्ला केही वर्षयता बारम्बार यस्ता प्रकोपहरू देखिँदै आएका छन्। यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन रणनीति र सजग पूर्वतयारी आवश्यक देखिन्छ उत्तराखण्ड पहाडी इलाका भएकाले पनि यहाँ यस्था घटना बारम्बार दोहोररिने गरेका छ्न ।
स्रोत: भारतीय सञ्चारमाध्यम, र स्थानीय प्रशासन, प्रत्यक्षदर्शी सङ्गको संवादको आधारमा तयार गरिएको 


