आज सुनको भाउ तोलामा चार हजार रुपैयाँ ले बढ्यो

समाचार सारांश
Auto Generated by AI
  • आज सुनको भाउ प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेको छ।
  • सुनको मूल्य बढेर पहिलोपटक ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको छ।
  • चाँदीको भाउ पनि बढेर प्रतितोला ४ हजार ६४५ रुपैयाँ कायम भएको छ।

काठमाडौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा तीन लाख एक हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको दुई लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो ।

गएको बुधबारयता सुनको भाउ निरन्तर बढेको छ । बुधबार चार हजार २०० रुपैयाँले, बिहीबार एकैदिन आठ हजार रुपैयाँले र शुक्रबार ९०० रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको भाउ बढेको छ । अघिल्लो हप्ता पनि लगातार बढेको चाँदी आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा ६५ रुपैयाँले बढेको हो । महासंघकाअनुसार चाँदी आज तोलाको चार हजार ६४५ रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?