ट्रम्पले भने- मलाई इरानसँग कुनै सम्झौता गर्नु छैन

समाचार सारांश
Auto Generated by AI
  • ट्रम्पले इरानसँग वार्ता गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।
  • इरानको अर्थतन्त्र धराशायी भएको र आफ्नो नियन्त्रण कायम रहेकोमा उनले सन्तुष्टि जनाएका छन्।
  • अमेरिकी हमलामा पाँचजनाको मृत्यु भएपछि दुवै देशबीच तनाव बढेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानलाई कुनै पनि वार्ताको टेबलमा ल्याउने प्रयासमा नरहेको बताएका छन् । मंगलबार राति ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत आफूलाई इरानसँग सम्झौता गर्न कुनै चासो नरहेको बताएका हुन् । उनले पोस्ट गर्नुअघि एबीसी न्यूजले ट्रम्प प्रशासनले इरानलाई वार्ताका लागि बाध्य पार्ने प्रयास गरिरहेको उल्लेख गरेको थियो ।

Workplace

ट्रम्पले लेखेका छन्, ‘एबीसीले दिएको रिपोर्ट फेक न्युज हो। म इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयास गरिरहेको छैन। मलाई अहिलेको अवस्था नै बढी मन परेको छ, जहाँ होर्मुज जलडमरूमध्यमा हाम्रो लगभग पूर्ण नियन्त्रण छ र इरानको अर्थतन्त्र पूर्ण रूपमा धराशायी हुँदैछ। उनीहरू केवल टार्न नसकिने प्रक्रियालाई ढिलाइ गरिरहेका छन्।’

उनल अन्तिममा इरानका जनताले आवाज उठाउने र आफ्नो अधिकारका लागि लड्ने बताएका छन् । यी टिप्पणी गर्नुभन्दा केही घण्टाअघि ट्रम्पले होर्मुज जलडमरूमध्य नजिक इरानका अखडाहरूमा अमेरिकाले गरेको नयाँ हमलालाई सही ठहराएका थिए। उनले इरानले जवाफी कारबाही गरे अमेरिकाले त्योभन्दा पनि कडा हमला गर्ने चेतावनी दिएका थिए।

इरानले अमेरिकाले विवाह समारोह भइरहेको र सर्वसाधारण नागरिकहरू उपस्थित रहेको स्थानलाई निशाना बनाएको जनाएको छ। अमेरिकी हमलामा ५ जनाको मृत्यु भएको छ। इरानको सरकारी समाचार एजेन्सीका अनुसार उक्त हमलामा ६० जनाभन्दा बढी घाइते भएका छन्

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?