त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ केजी गाँजासहित तीन भारतीय नागरिक प`क्रा´उ

समाचार सारांश
Auto Generated by AI
  • थाइल्यान्डबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।
  • विमानस्थलमा यात्रु जाँचका क्रममा उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो।
  • प्रहरीले बरामद गरेको गाँजा र सामग्रीसहित थप अनुसन्धान अघि बढाएको छ।

काठमाडौ – प्रहरीले थाइल्यान्डबाट नेपाल ल्याइएको ११ किलोग्राम गाँजासहित तीन भारतीय नागरिकलाई प`क्रा`उ गरेको छ।

Workplace

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको प्रोफाइलिङ गर्ने क्रममा क्याथे प्यासिफिक एयरवेजको उडान नम्बर सिएक्स ६०२ मार्फत थाइल्यान्डबाट हङकङ हुँदै काठमाडौं आएका दुई भारतीय नागरिकको झोलाबाट ११ किलोग्राम गाँजा बरामद गरिएको हो।

सो गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई समेत पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

पक्राउ पर्नेहरूमा भारतको पञ्जाब लुधियानाका ३० वर्षीय सोनी, २३ वर्षीय जगरूप सिंह र हरियाणाको कैथलका २२ वर्षीय साहिल रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ११ किलोग्राम गाँजा, ३ थान राहदानी (पासपोर्ट) र ३ थान मोबाइल फोन बरामद गरेको छ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?