रुपन्देहीमा दुई दिनमै झण्डै पाँच लाख बराबरको अबैध सामान नियन्त्रण

काठमाडौं । रुपन्देही प्रहरीले दुई दिनको अवधीमा विभिन्न ठाउँमा चेकजाँच गर्दा झण्डै पाँच लाख बराबरको अबैध सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीले भदौ १४ र १५ गते सञ्चालन गरेको विशेष चेकजाँचमा भन्सार छली गरी ल्याइएका मोटरसाइकल, घरेलु उपभोग्य वस्तु, कुखुरा, बाख्रा लगायतका सामान बरामद भएका हुन् ।

Workplace

प्रहरीका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २, ३ र ७ तथा ओमसतिया गाउँपालिका वडा नं. ३ बाट दुईवटा मोटरसाइकल (लु ४ प ७१८ र लु ४ प ८५७३), १९ वटा बोइलर कुखुरा, १५ किलो सेमइ, ८० बोतल स्प्राईट, पाउडर दूध, कमला पसंद, दुई वटा बाख्रा, ९० किलो मटर, तीन बोरा चिनी लगायत सामानसहित करिब रु. १ लाख ७२ हजार बराबरको मालसामान बरामद गरिएको छ । सो क्रममा रोहिणी गाउँपालिका–७ बस्ने ४० वर्षीय गुलाम मुराउ र २२ वर्षीय मुक्टार अली मुसलमानलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, रोहिणी गाउँपालिका वडा नं. २ र ७ बाटै संयुक्त प्रहरी टोलीले मोटरसाइकलसहित १९ वटा कुखुरा, तीन पेटी पेय पदार्थ, दुई बोरा किराना सामान बरामद गरेको छ । बरामद गरिएको सामानको मूल्य करिब रु. १ लाख ९० हजार रहेको बताइएको छ ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १० महिलवारबाट भारतीय नम्बर प्लेटका दुई मोटरसाइकल (UP 55 N7406 र MH 48 AD 5621), ७२ पिस बोइलर कुखुरासहित रु. १ लाख १५ हजार बराबरको मालसामान नियन्त्रणमा लिएको छ । यस प्रकरणमा लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ वडवलिया बस्ने २४ वर्षीय प्रदिप राजपुत र वडा नं. १२ सुक्रौली बस्ने २० वर्षीय लालु यादवलाई नियन्त्रणमा लिइ भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

कुल मूल्य रु. ४ लाख ७७ हजारभन्दा बढीको अबैध सामान बरामद भएको प्रहरीको भनाइ छ । बरामद सामानलाई आवश्यक कारबाहीका लागि भन्सार तथा पशु क्वारेन्टाइन कार्यालय बेलहिया बुझाइएको जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?