
- राजनीतिक नेतृत्वमा मानवीय संवेदना र करुणा हुनुपर्नेमा गगन थापाले जोड दिए।
- राजनीतिलाई सत्ता र शक्तिको घेराबाट बाहिर निकाली जनसेवाको माध्यम बनाउनुपर्ने बताए।
- साउन २४ गतेदेखि कांग्रेसले हरेक कार्यकर्तालाई सामाजिक कार्यमा जोड्ने अभियान सुरु गर्दैछ।
काठमाडौ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वमा करुणा र सहानुभूति हुनुपर्ने बताएका छन्।

शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वको प्रमुख गुण मानवीय संवेदना हुनुपर्ने बताएका हुन्।
‘बाढी, पहिरो, खडेरी वा विपद्का बेला कसले ज्यान गुमायो, कुन किसानको बाली नष्ट भयो, कसले खान पाएन, कसलाई कस्तो पीडा भयो भन्ने महशुस गर्न सक्ने क्षमता नै नेतृत्वको आधार हो।
यदि करुणा, माया र सहानुभूति हरायो भने हामी केवल मेसिनजस्ता बन्छौँ, जहाँ भ्युज र लाइक मात्र महत्त्वपूर्ण हुन्छ’, थापाले भने।
उनले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनुपर्ने बता पनि बताए।
साथै थापाले आगामी साउन २४ गतेदेखि पार्टीले ‘एनसी फर एनसी’ (नेप्लिज कांग्रेस फर नेसनल कज) अभियान सुरु गर्न लागेको जानकारी दिए।
यस अभियानअन्तर्गत पार्टीका प्रत्येक नेता तथा कार्यकर्ताले वर्षभर आफूलाई कुनै न कुनै सामाजिक वा राष्ट्रिय कार्यमा संलग्न गराउनुपर्ने नीति लिइएको उनले स्पष्ट पारे।
न्युज एजेन्सी नेपाल
