एमाले-नेकपा समीकरणपछि कांग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श

समाचार सारांश
Auto Generated by AI
  • नयाँ राजनीतिक समीकरणपछि प्रदेश सरकारका विषयमा कांग्रेसले सातै प्रदेशका नेताहरूसँग परामर्श गरेको छ।
  • प्रदेशको अंकगणित र अवस्था हेरेर सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्नेबारे छलफल भएको छ।
  • संघीयता र लोकतन्त्र पक्षधर अन्य दलहरूसँग सहकार्य गर्ने सम्भावनाबारे पनि कांग्रेसले विचार गरिरहेको छ।

काठमाडौँ- नेपाली कांग्रेसले प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको समीकरणपछि बनेको नयाँ परिस्थितिबारे सातै प्रदेशका नेतासँग परामर्श गरेको छ ।

Workplace

आइतबार पार्टी मुख्यालय सानेपामा नेपाली कांग्रेसका सभापति गगन थापाले सातै प्रदेशका सभापति, संसदीय दलका नेता र मुख्यमन्त्रीसँग परामर्श गरेका हुन् ।

बैठकमा प्रदेश सरकारको वर्तमान अवस्था, संघीयता र लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा प्रदेश संरचनामा सहभागी दलहरूसँग आवश्यकताअनुसार सहकार्य गर्ने विषयमा छलफल भएको वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जानकारी दिए ।

प्रदेशअनुसार राजनीतिक समीकरण र दलहरूको संख्या हेरेर सरकार सञ्चालन गर्ने वा प्रतिपक्षमा बस्ने विषयमा थप निर्णय गर्ने उनले बताए । यससँगै नेपाली कांग्रेस पनि प्रदेशमा सत्ता समीकरणका लागि एमाले र नेकपा बाहेकका दलहरुसँग परामर्शमा रहेको स्पष्ट हुन्छ ।

वागमती, मधेस र गण्डकी प्रदेशमा एमाले र नेकपाले मात्रै सरकार बनाउन स्पष्ट बहुमत नपुग्ने भएपछि दलहरु आफूअनुकुल बहुमत पुर्याउन जुटेका छन् । लोकतन्त्र र संघीयतालाई स्वीकार गरी निर्वाचनमा सहभागी भएका दलहरूसँग संवाद र सहकार्यको सम्भावनाबारे पनि छलफल भएको उनले जानकारी दिए ।

उनले भने, ‘हामी सातै प्रदेशका पार्टीका सभापति, संसदीय दलको नेता र जहाँ मुख्यमन्त्री हुनुभएको छ, मुख्यमन्त्रीलाई बोलाएर पार्टी सभापतिले परामर्श लिनुभएको छ, अहिले प्रदेश सरकारको बीचमा जुन किसिमको परिस्थिति निर्माण भएको छ, त्यो परिस्थितिमा संघीयता लोकतन्त्र र संघीयता मान्दै निर्वाचनमा सहभागी भएका प्रदेश संरचनामा जुनजुन दल आएका छन्, त्यो दलहरु बीचमा सहकार्य गरेर कसरी जान सकिन्छ या प्रतिपक्षमा बस्नुपर्ने कहाँको अवस्था के छ, कम्पोजिसन हेरेर त्यहीअनुसार अगाडि बढ्ने भन्ने विषयमा नै मुलतः त्यही विषयमा नै कुरै रह्यो ।’

मुख्यमन्त्री बानियाँकाअनुसार एमाले र नेकपाबीच भएको सहमतिपछि नयाँ राजनीतिक परिस्थिति बनेकाले त्यसलाई ध्यानमा राख्दै कांग्रेसले प्रदेश तहमा कसरी अघि बढ्ने भन्ने विषयमा सभापति थापाको उपस्थितिमा परामर्श गरिएको हो ।
– न्युज एजेन्सी नेपाल।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?