प्रेस सेन्टर गुल्मीको अधिवेशन सम्पन्न , अध्यक्षमा पोख्रेल

प्रेम सुनार 

Workplace

गुल्मी – प्रेस सेन्टर नेपाल गुल्मी जिल्लाको चौधो अधिवेशन सम्पन्न भएको छ । आईतबार देखि सुरु भएको अधिवेशनले उसै साँझ नयाँ कार्य समिति सर्वसम्मत चयन गरिए पनि घोषणा भने सोमबार दिउँसो गरिएको थियो । अधिवेशनले निर्वमान सचिव हुमकान्त पोख्रेसलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ ।

उपाध्यक्षमा खुमानन्द फुल्देल (लक्ष्मण ) र बाशुदेव पोखरेल सर्वसम्मत निर्वाचित भएका छन । त्यस्तै सचिवमा अमृता सेन्च्युरे निर्वाचित भएकी छन । सहसचिवमा प्रदिप भुसाल र प्रियाङका पन्थी, कोषाध्यक्षमा मन्दिरा बिश्वकर्मा निर्वाचित भएका छन । पदाधिकारी सहित २१ सदस्यीय कार्य समिति गठन भएको निर्वाचन समितिका संयोजक कृष्ण पाण्डेले जानकारी दिए ।

अधिवेशनको त्यस संगठनको शुभेच्छुक पार्टी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बिरबहादुर कार्र्कीले उद्घाटन गरेका थिए । नव गठित कार्य समितिलाई निर्वाचन केन्द्रिय प्रतिनिधी प्रेस सेन्टर नेपालका केन्द्र्रिय सचिव प्रेम सुनारले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

त्यस्तै प्रमुख अतिथी कार्की , बिशेष अतिथी सोही पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य बुद्धि जिसी, जिल्ला पार्टी संयोजक तेजेन्द्र सलामी, सचिव तथा प्रेस सेन्टर नेपालका फ्याक्शन ईन्चार्ज अशोक थापा , पुर्व माननिय तथा सोही पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य गिता थापा , बिभिन्न जनबर्गिय संगठनका नेताहरुले मन्तब्य राखेका थिए ।

त्यस्तै बिशेष अतिथी प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव प्रेम सुनार र केन्द्रिय सदस्य भरत पाण्डले प्रशिक्षण मन्तब्य राखेका थिए । नवनिर्वाचित अध्यक्ष हुमकान्त पोखरेलले प्रतिबद्धता मन्तब्य राखेका थिए ।

अधिवेशनको अवसरमा त्यस संगठनमा झण्डै दर्जनौ सञ्चारकर्मी अन्य संगठन बाट प्रेस सेन्टरमा प्रवेश गरेका थिए । उनिहरुलाई नेताहरुले स्वागत गरेका थिए । निर्वाचन मण्डलका संयोजक कृष्ण पाण्डे , सदस्यहरु र्भरत चन्द र पुष्कर खडकाले सहमतिका लागि घनिभुत प्रयास गरी सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको बताएका छन ।
त्यस संगठनमा यस अघि अध्यक्ष तिलाचन पाण्डे थिए । उद्घाटन सत्रको अध्यक्षता उनै पाण्डे र निर्र्वतमान सचिव हुमकान्त पोखरेलले गरेका थिए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?