काठमाण्डौ – सुनको भाउ आज यथावत् रहेको छ भनी अस्ति शुक्रवार एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको सुनको भाउ आज आइतवार घटबढ भयको छैन ।

आज अस्ति शुक्रवारकै भाउ तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँ कायम भएको हो नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको भाउ तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउ घटेको छ ।
शुक्रवार तोलामा ३० रुपैयाँले बढेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच रुपैयाँ घटेको महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ तोलाको एक हजार नौ सय १० रुपैयाँ रहेको छ ।
