मुगुमा मतपत्र अझै पुग्न सकेन एकिन जानकारी छैन भन्छन : प्रमुख जिल्ला अधिकारी खत्री ।

रतन बहादुर , मुगु
फागुन ५
कर्णाली का केही जिल्लामा मतपत्र पुगेता पनि हिमाली जिल्ला मुगुमा मतपत्र पुग्न अन्यौल देखिएको छ । आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुगुमा मतपत्र हाल सम्म नपुगेको हो ।
प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार केन्द्र बाट मतपत्र कर्णाली प्रदेश सुर्खेतमा पुगिसकेको छ तर मुगु जिल्लामा भने कहिले पुग्छ अहिले सम्म एकिन जानकारी नभएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।
उनका अनुसार मतपत्र हेलिकप्टर मार्फत ल्याउने तयारी रहेको छ । कर्णालीका मुगु , हुम्ला र डोल्पामा मतपत्र पुग्न सकेका छैनन् । निर्वाचनको समय आउन अब १६ दिन मात्र बाँकि छन् । प्रमुख जिल्ला अधिकारी खत्रीले दिएको जानकारी अनुसार यहि फागुन ८ गते देखि ९ गते सम्म पुग्छ कि भन्ने आँकलन गरिएको छ त्यसमा पनि यर्थात जानकारी नभएको बताए । बिगतका निर्वाचनमा पाठ्यपुस्तक भन्दा मतपत्र समयमै पुग्ने मुगु जिल्ला योे पटकको निर्वाचनमा अलि ढिलाई भएको देखिन्छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि मुगुमा कुल मतदाता संख्या ३६ हजार ३१ जना रहेका छन् । जसमा महिला १७ हजार ४ सय ३३ र १८ हजार ५ सय ९८ पुरुष मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लाभर ६९ मतदान केन्द्र , ६७ मतदान स्थल र तोकिएको छ ।
साथै मुगुमा अतिसंवेदनशिल ३० , संवेदनशिल १७ र सामान्य २२ वटा मतदान केन्द्र रहेका छन् । ती केन्द्रमा ५ सय भन्दा बढि कर्मचारी खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मुगुले जानकारी दिएको छ । कार्यालयका अनुसार मुगु जिल्लामा पहिलो पटक नमुनाका लागि छायाँक्षेत्र आवि तलितुम मतदान केन्द्रमा महिला मतदान अधिकृत सहित सबै महिला कर्मचारी खटाएको सहायक निर्वाचन अधिकृत प्रेमराज खनियाले बताए ।
कर्णालीका केही जिल्लामा मतपत्र पुगेता पनि हिमाली जिल्ला मुगुमा मतपत्र पुग्न अन्यौल देखिएको छ । आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुगुमा मतपत्र हाल सम्म नपुगेको हो ।
प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार केन्द्र बाट मतपत्र कर्णाली प्रदेश सुर्खेतमा पुगिसकेको छ तर मुगु जिल्लामा भने कहिले पुग्छ अहिले सम्म एकिन जानकारी नभएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।

Workplace

उनका अनुसार मतपत्र हेलिकप्टर मार्फत ल्याउने तयारी रहेको छ । कर्णालीका मुगु , हुम्ला र डोल्पामा मतपत्र पुग्न सकेका छैनन् । निर्वाचनको समय आउन अब १६ दिन मात्र बाँकि छन् । प्रमुख जिल्ला अधिकारी खत्रीले दिएको जानकारी अनुसार यहि फागुन ८ गते देखि ९ गते सम्म पुग्छ कि भन्ने आँकलन गरिएको छ त्यसमा पनि यर्थात जानकारी नभएको बताए । बिगतका निर्वाचनमा पाठ्यपुस्तक भन्दा मतपत्र समयमै पुग्ने मुगु जिल्ला योे पटकको निर्वाचनमा अलि ढिलाई भएको देखिन्छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि मुगुमा कुल मतदाता संख्या ३६ हजार ३१ जना रहेका छन् । जसमा महिला १७ हजार ४ सय ३३ र १८ हजार ५ सय ९८ पुरुष मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लाभर ६९ मतदान केन्द्र , ६७ मतदान स्थल र तोकिएको छ ।
साथै मुगुमा अतिसंवेदनशिल ३० , संवेदनशिल १७ र सामान्य २२ वटा मतदान केन्द्र रहेका छन् । ती केन्द्रमा ५ सय भन्दा बढि कर्मचारी खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मुगुले जानकारी दिएको छ । कार्यालयका अनुसार मुगु जिल्लामा पहिलो पटक नमुनाका लागि छायाँक्षेत्र आवि तलितुम मतदान केन्द्रमा महिला मतदान अधिकृत सहित सबै महिला कर्मचारी खटाएको सहायक निर्वाचन अधिकृत प्रेमराज खनियाले बताए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?